नेकपा (माओवादी केन्द्र)को भातृसंगठन अखिल नेपाल स्वतन्तत्र विद्यार्थी यूनियन (क्रान्तिकारी) पाँचखाल नगर सम्मेलन सम्पन्न भएको छ । शनिबार सम्पन्न नगर सम्मेलनले पुष्पकमल घोरासाइनीको अध्यक्षतामा २५ सदस्यीय नगर समिति निर्वाचित गरेको छ ।

सम्मेलनले उपाध्यक्षमा सलिना सापकोटा, सुवास राम्तेल, सचिवमा विकास तामाङ, सहसचिवमा अमृत रम्तेल, विवेक खतिवडा, कोषाध्यक्षमा लक्ष्मी मगर निर्वाचित भएका छन् । सदस्यहरुमा रोजिना शिवभक्ति, अञ्जली विक, सुनिता लामा, सिजन भुजेल, सौगतराज गिरी, प्रसान्त गिरी, अनिता तामाङ, रञ्जना तामाङ, सुस्मिता तामाङ, अञ्जली तामाङ, कुन्साङ तामाङ, प्रनिसा आलेमगर, कुसुम खतिवडा, अमृता मगर र अमृत तामाङ रहेको छ । संगठनको इन्चार्जमा उर्भिला लामा तोकिएको छ ।
कार्यक्रमको प्रमुख अतिथिमा अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य इन्द्र तामाङ, विशेष अतिथिमा माओवादी केन्द्रका काभ्रे जिल्ला सचिवालय सदस्य आइतेसिं तामाङ, जिल्ला सदस्य यज्ञबहादुर दर्जी, पार्टीका नगर संयोजक रामगोपाल भुजेल, विद्यार्थीका जिल्ला अध्यक्ष युवराज लामा, नगर सदस्य गोकुल गुरागाईं, वडा नं. २ का अध्यक्ष रमेशराज गिरी, वडा नं. १ का अध्यक्ष जयबहादुर तामाङ, २ को अध्यक्ष सन्तबहादुर तामाङ, १२ नं. वडाल अध्यक्ष सुरेश भुजेल, विद्यार्थी जिल्ला सदस्य विवस लामा, वाइसिएलका नगर संयोजक उग्रराज तामाङ, वडा नं. २ को सल्लाहकार तिलकराम सापकोटा रहेको थियो ।
कार्यक्रमको अध्यक्षता तेजबहादुर मिजारले गरेका थिए भने सञ्चालन उर्मिला लामाले गरेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















