नेकपा माओवादी केन्द्र पाँचखाल–५ को वडा भेला सम्पन्न भएको छ । शनिबार सम्पन्न भेलाले तेजप्रसाद तिमल्सिनाको अध्यक्षतामा १७ सदस्यीय वडा समिति निर्वाचित भएको छ ।
समितिको उपाध्यक्षमा डोलप्रसाद सापकोटा, सचिवमा उद्धव सापकोटा, कोषाध्यक्षमा दिपेन्द्र खड्का, सहसचिवमा बालकृष्ण दाहाल निर्वाचित भएका छन् । निर्वाचित सदस्यहरुमा श्रीराम भारती, भोटु गिरी, सुमित कुमार तामाङ, केदार बुढाथोकी, नानीराम परियार, विरबल गिरी, सरु रञ्जीतकार, ठूलाकन्छी आछामी, तेजबहादुर कार्की, कृष्ण सुवेदी, हेमबहादुर तामाङ, कृष्ण राज श्रेष्ठ, राजन सापकोटा रहेका छन् ।
यसैबीच भेलाले वडा सल्लाहकार समितिमा बलकृष्ण सापकोटा र नन्द प्रसाद लुईंटेललाई चयन गरेको छ ।
भेलाले विभिन्न भातृसंगठनहरुको संयोजक समेत तोकिएका छ । जस अनुसार महिलाको संयोजकमा ठूलीकान्छी आछामी, युवाको संयोजकमा रामकुमार विक, दलितको संयोजका नानीराम परियार, किसानको संयोजकमा श्रीराम भारतीलाई तोएिको छ ।
कार्यक्रको प्रमुख अतिथिमा पार्टी वागमती प्रदेश कमिटि सचिवालय सदस्य तथा जिल्ला संयोजक रुकु चौंलागाईं, अतिथिहरुमा वागमती प्रदेश सचिवालय सदस्य तेजबहादुर मिजार, जिल्ला सचिवालय सदस्य आइतेसिं तामाङ, जिल्ला सदस्य यज्ञबहादुर दर्जी, सरिता शाही, नगर संयोजक रामगाेपाल भुजेल, वडा नं. ३ का वडा अध्यक्ष रमेशराज गिरी, वडा नं. १२ का वडा अध्यक्ष सुरेश भुजेल, वडा नं. २ को वडा अध्यक्ष सन्तबहादुर तामाङ, सल्लाहकार तिलकराम सापकोटा, वाइसिएल नगर संयोजक उग्रराज तामाङ रहेको थियो ।
कार्यक्रम तेजप्रसाद तिमल्सिनाको अध्यक्षमा भएको थियो भने सञ्चालन दिनेश चौंलागाईंले गरेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















