नेकपा एकीकृत समाजवादीले काभ्रे जिल्लामा विभिन्न स्थानीय तहहरुको भेलालाई तीब्र बनाएको छ । यसैबीच भुम्लु गाउँपालिकाको गाउँ भेला शनिबार एक कार्यक्रमका बीच सम्पन्न गरेको छ ।

भेलाले प्राननाथ न्यौपानेको अध्यक्षतामा ५१ सदस्यीय गाउँ कमिटि चयन गरेको छ । जसको उपाध्यक्षमा कल्पना श्रेष्ठ, सचिवमा मोति लामा, सहसचिवमा कान्छा मान तामाङ रहेका छन् । उपाध्यक्ष श्रेष्ठ गाउँपालिकाको जननिर्वाचित उपाध्यक्ष हुन् भने मोति लामा वडा अध्यक्ष हुन् ।

यसैबीच भेलाले विद्यार्थीको संयोजकमा प्रदिप लामा, युवाको संयोजकमाा सुरेश बहादुर श्रेष्ठ, अनेमासंघको संयोजकमा उर्मिला बराईली, किसान महासंघको संयोजकमा रेशम खड्कालाई जिम्मेवारी दिएको छ ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला अध्यक्ष टोक बहादुर वाईबा, विशेष अतिथी प्रदेश सभाका सांसद लक्ष्मण लम्साल, अतिथिहरुमा अनेरास्ववियुका जिल्ला अध्यक्ष बदन भण्डारी, पार्टी गाँउपालिका ईन्चार्ज सुरेश कक्षापती र युवा संघ नेपालको केन्द्रिय सदस्य दिपक ठकुरी रहेको थिए । कार्यक्रम दोलालघाटमा सम्पनन भएको थियो ।

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला