काभ्रे जिल्लाको रोशी गाउँपालिका वडा नं. ९ मंगलटारबाट नियन्त्रित लागू औषध सहित ३ जना पक्राउ परेका छन् । विपी राजमार्ग सडक खण्ड स्थित मंगलटार बजारमा सवारी चेकजाँचका क्रममा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, काभ्रेले जनाएको छ ।
चेक जाँच गर्ने क्रममा झापाबाट काठमाण्डौ तर्फ आउँदै गरेको बा. ४. ख ६६७६ नंं को हायस गाडीमा यात्रा गर्ने यात्रु रोहित कुमार यादवले बोकेको झोलाबाट नियन्त्रित लागू औषध एम्पुल सहि ३ जना पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा सिरहा सखुवानन्कारकट्टी गाउँपालिका वडा नम्बर ३ का १९ वर्षीय रूपेश कुमार यादव, सोहि ठाउँका १९ बर्षीय रोहित कुमार यादव र सर्लाही हरिवन नगरपालिका वडा नम्बर १० का २३ वर्षीय बिशाल श्रेष्ठ रहेका छन् ।
प्रहरीका अनुसार उनीहरुको साथबाट Diazelab १०० एम्पुल, Phenergan १०० एम्पुल, नाम नखुलेको १०० एम्पुल र Noophine लेखेको लेबल स्टिकर १०० पिस, मोबाईल थान १ र नगद रु. ९ हजार रूपियाँ बरामद गरिएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















