काभ्रे जिल्लाको पाँचखाल नगरपालिकाका सामुदायिक विद्यालयहरुमा सहकर्मीमा आधिारित रहेर नयाँ मोडेलमा शिक्षण सिकाई हुने भएको छ ।
विज्ञान, प्रविधि, डन्जिनियरिङ्, कला र गणित (स्टिम क्लब) मार्फत सहकर्मीमा आधारित शिक्षा मोडेल अन्तरगत बढाई हुने बताएको छ । तयसको लागि पाँचखाल नगरपालिका, किङ्स कलेज र कारखाना विचमा शिक्षण सिकाइ सम्बन्धी प्रशिक्षण सन्चालन गर्न सम्झौता भएको हो ।
विद्यार्थीहरुमा विज्ञान र प्रविधि सिकाइमा रुचि बढाउने, प्रयोगात्मक र खोजमा आधारित शिकाईलाई बढावा दिने र बिद्यार्थीहरूलाई स्थानीय समस्याहरू पहिचान गरी विज्ञान र प्रविधिको प्रयोग गरी समाधान गर्न अग्रसर गराउने उदेश्यले यस्तो संझौता गरिएको पाँचखाल नगरले जनाएको छ ।
त्रीपक्षीय सम्झौतामा पाँचखाल नगरप्रमुख महेश खरेल, किङस कलेजका अध्यक्ष नरोत्तम अर्याल, कारखानाका प्रमुख कार्यकारी अधिकृत पवित्र गौतमले हस्ताक्षर गरेका छन् ।
बिद्यार्थीहरूले अरूलाई सिक्न मद्दत गरेर आफ्नै शिक्षालाई सुदृढ पार्ने उदेश्यले सम्झौता गरिको उक्त कार्यक्रम नमुनाको रुपमा पाँचखालका पाँचवटा विद्यालयमा सञ्चालन हुनेछन् ।
स्टिम क्लब सेटअप नगरपालिकामा सञ्चालन हुनेछ भने नगरका आजद मावि बालुवा, पलाञ्चोकी भगवती, श्री राम मा वि कोशिदेखा, महांकाल माध्यमिक विद्यालय बेलामा सञ्चालन हुने पाँचखाल नगरपालिकाका नगरप्रमुख खरेलले जानकारी दिए ।
तोकिएका ठाउँहरूका स्कूलहरूबाट १५ देखि २० जना विद्यार्थीहरूको समूहवाट कारखाना क्लब स्थापना हुनेछ । क्लब सदस्यहरू कारखाना शिक्षकहरुवाट सञ्चालन गरिने तालिममा सहभागि भई स्रोत र साधनको प्रयोग गरी स्टिम क्लब सञ्चालन गर्न सक्षम हुनेछन् । यसका साथै विभिन्न विद्यालयका विद्यार्थीहरुका लागि स्टिम मेला सम्बन्धी कार्यक्रमहरू र डिजाइन प्रतिस्पर्धा गर्नेछन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















