रातभर परेको अविरल वर्षाका कारण काभ्रेको बनेपामा स्थित पुलबजार डुबानमा परेको छ । पुण्यमाता खोलामा आएको बाढीले पुल बजार डुबानमा परेपछि अरनिको राजमार्गको बनेपा खण्ड पूर्ण रुपमा बन्द भएको छ ।

राजमार्ग अवरुद्ध हुँदा राजधानीबाट काभ्रे, सिन्धुपाल्चोक, दोलखा र पूर्वी पहाडी जिल्ला र मधेसका जिल्ला हिडेका कयौँ यातायातका साधन र यात्रु अलपत्र परेका छन् ।
केही सावरी साधन बीच सडकमै फसेका छन् । पानीको सतह नघटेसम्म राजमार्ग सञ्चालनमा आउन सक्ने अवस्था छैन् ।

यसैबीच नालाबाट भक्तपुर निस्कने बैकल्पीक मार्ग प्रयोग गर्न प्रहरीले यात्रुलाई आग्रह गरेको छ ।

नालाबाट सडक पनि पहिरोका कारण एक तर्फीमात्रै सञ्चालनमा रहेको ट्राफिक प्रहरी प्रमुख प्रमिला श्रेष्ठले जानकारी दिए । । पुल बजारको दुईवटै पुल डुबानमा परेका छन् । पुलमाथि बाटै खोला बगेको छ ।

पानीको उचित निकास नहुँदा पानी ठूलो पर्न साथ पूल बजार डुब्ने गरेको छ । जसको कारण जनजीवन अस्तव्यस्त बन्ने गरेको छ ।

Comments

comments