काभ्रे । काभ्रेपलाञ्चोक जिल्लामा संचालित रुग्ण विकास आयोजनाः संभावना, अवसर र चुनौति विषयक साझा सभा कार्यक्रम आइतबार धुलिखेलमा सम्पन्न भएको छ ।
यु.एस.ए.आई.डी को सहयोग र एफ.एच.ई ३६० को सहकार्यमा सामुदायिक सारथीबाट संचालित पारस्परिक जवाफदेहिताः स्थानिय पहल कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा कान्तिपुर दैनिकका काभ्रे प्रतिनिधि तथा पुर्व पत्रकार महासंघ काभ्रेका सचिव नगेन्द्र अधिकारीले काभ्रेपलाञ्चोक जिल्लामा रहेका रुग्ण विकास आयोजनाहरुको कार्यपत्र प्रस्तुत गरेका थिए । उनले खोपासी–तालढुंगा सडक, काभ्रे वैकल्पिक विमास्थल, काभ्रे एकिकृत खानेपानी,पाँचखाल विशेष आर्थिक क्षेत्र (सेज), सुचना प्रविधि पार्क (आइटी पार्क) लगायतका विकास निमार्ण विषयहरुतथा अन्य रुग्ण विकास आयोजना सम्भावना, अवसर र चुनौति बारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथी प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले विकासका आयोजनाहरु सफलता पुर्वक सम्पन्न हुन नसक्नुका मुख्य कारण आयोजनाको व्यवस्थापकिय नेतृत्व कर्ता छनोट नहुनाले आयोजना रुग्ण भएको बताए । विकास निमार्ण रुग्न बन्नुमा राजनैतिक नेतृत्वहरुको आन्तरिक खिचातानीका कारण पनि रुग्ण हून्छन भने कतिपय आयोजनाहरुमा स्रोतको अभावको कारणले पनि हुने गरेको बताए । उनले विकासका आयोजनाहरु सुरुवात गरेर समयमै सम्पन्न नगरेका निर्माण कन्ट्रक्सन, सरोकारवालाहरुलाई पनि स्थानिय सरकारका प्रतिनिधिलाई पनि गौरवका आयोजना निमार्ण प्रकृयामा समेटेर नियम संगत अगाडी लग्नु पर्ने कुरामा जोड दिए ।
यस्तै कार्यक्रमका सभाध्यक्ष कृष्ण प्यारी नकर्मीले काभ्रे जिल्लामा भएका कतिपय विकासका आयोजनाहरु रुग्ण रहेका कारण नागरिहरुले सास्ती व्यहोर्नु परेको र यस्ता आयोजनाका बारेमा सम्बन्धित निकायको ध्यान आकर्षण गरी प्रक्रियालाई अगाडी बढाउने उदेश्यले यस्ता कार्यक्रमको आयोजना गरेको बताए । साथै गौरवको आयोजनाको अनुगमन तथा अवलोकन गर्न नागरिक समाज प्रतिनिधिहरुको पनि महत्वुर्ण भूमिका रहनु पर्ने बताईन ।

कार्यक्रममा पाँचखाल नगरपालिकाका उप–प्रमुख लक्ष्मी दनुवार, रासस काभ्रेका प्रमुख राजकुमार पराजुली, काभ्रे बहिरा विकास संघका महासचिव धिरोज अधिकारी, कोषाध्यक्ष दिनेश वादे श्रेष्ठ, सदस्य कृष्ण देवी मानन्धर, नेपाल अपाङग महिला संघका महासचिव पम्फा पुर्कोर्टी, सेफ हाउसका व्यवस्थापक उर्मिला रंजितकार, सहित काभ्रेमा सकृय रुपमा सञ्चारमा लागेका सञ्चारकर्मिहरु लगायतको उपस्थिीती थियो । कार्यक्रमको संचालन सामुदायिक सारथीका काभ्रे संयोजक भेष बहादुुर दनुवारले गरेका थिए ।

 

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।