भदौ २० गते राती देखि परेको अविरल बर्षाको कारण काभ्रे जिल्लाको विभिन्न स्थानमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार पहिरोका कारण स्थानीयको घर गोठमा ठूलो क्षति पुगेको छ ।

घिमिरो गाउँमा घर पूर्णरुपमा क्षति एकजना घाइते

सोमबार विहान ९ ः ४५ बजेको समयमा जिल्लाको बनेपा नगरपालिका वडा नं. २ घिमीरे गाँउ बस्ने बर्ष ५५ की अनन्त कुमारी घीमीरेको घर माथीबाट पहीरो आई ढुंगा माटोले बनेको जस्ताको छाना भएको एक तले घर पुर्ण रुपमा क्षती भएको छ । प्रहरीका अनुसार निज अनन्त कुमारी घिमीरे र निजकै नातीनी बर्ष ८ की युनीषा घिमीरे घाईते भई दुबै जनालाई उपचारको लागी धुलीखेल अस्पताल पठाईएको थियो । उनीहरुको बाहीरी चोटपटक केही नभएको सामान्य रहेको छ । यसबाट ७ लाख १५ हजार बराबरको क्षति भएको अनुमान गरिएको छ ।

दुलाल गाउँमा ३० लाखको क्षति

त्यसैगरी सोमबार नै विहान १२ बजेको समयमा बनेपा नगरपालिका वड नं. १ दुलाल गाउँ बस्ने बर्ष ५२ को मिठाराम दुलालको २ तले कच्ची घर र गाई गोठ बर्षाको कारण माथिबाट पहिरो आई पुगेको छ । घर र गोठ पुरिदा गाई गोठमा बाँधि राखेको १ वटा गाई पहिरोले पुरी मरेको, १ वटा गाई घईते भएको प्रहरीले जनाएको छ । घर र गोठ पुर्ण रुपमा क्षति भएक पनि मानबिय क्षति भएको छैन । सो घट्नाबाट उनको आन्दाजी ३० लाखब बराबरको क्षती भएको छ ।

मण्डानदेउपुर–२ मा १७ लाख बराबरको क्षति

त्यसैगरी सोमबार राती ०२ बजे परेको अविरल बर्षाको कारण मण्डनदेउपुर नगरपालिका वडा नं. २ बस्ने बर्ष ४० को टंक बहादुर घिसिङको बाँस र जस्ता पाताको छानाले बनेको गोठमा माथिबाट पहिरो आई गोठ पूर्णरुपमा क्षति पुगेको छ । प्रहरीका अनुसार सो गोठमा बाँधि राखेको १ वटा गाई पुरी मरेको र २ वटा गाई सकुसल उद्धार गरेको जनाएको छ । सो घट्नामा अन्दाजी ७० हजार रुपैयाँ बराबरको क्षति पुगेको छ ।

त्यसैगरी मण्डनदेउपुर नगरपालिका वडा नं. २ बस्ने रामशंखर ध्वजुले संचालन गरेको मलना होटलको स्टोर कोठामा स्टोर गरी राखेको ड्रिल मेसिन, वासिङ मेसिन, काठको टेवुल कुर्सी लगाएत रड र जस्ताले बनेको कटेजहरु पहिरोले बगाएको छ । प्रहरीका अनुसार उनको ३ तले घरमा समेत क्षति भएको छ । सो घटनामा आन्दाजी १५।१६ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

पुलबजारमा डुबनमा परेको सवारी साधन उद्धार

सोमबार राती २ बजे परेको अबिरल बर्षाको कारण बनेपा नगरपालिका वडा नं. ५ पुलबाजर स्थित पुण्यमाता खोलामा पानीको बहाब बढेर सडक अबरुद्ध हुँदा डुबेका सवारी साधनहरु प्रहरीले उद्धार गरेको छ । बा ३ ख ३८१८, बा २ क ३३०१ ट्रिपर, प्रदेश ३–०१–०२३ च ६०८१ बलेरो, बा.प्र.०१–००६ ख २४१५ ट्रक, बा ५ ख १५२२ मयुर बस लगायतका सवारी साधनहरुलाई जेसिबीको सहायताले उद्धार गरेको थियो ।

चाखोलाको वर्कशपमा क्षति

त्यसैगरी सोमबार ८ बजेको समयमा अबिरल बर्षाको कारण चाखोलामा आएको बाढीले भुम्लु गाउँपालिका वडा नं. १० खुम्बारी घर भई चाखोलामा मोटर ग्यारेज (वर्कशर्प) गरी बस्ने ज्ञानध्वज तामाङ, प्रबिण तामाङ र अनिल तामाङको जस्ताले छाएको भुईतले कटेज चाखोलामा आएको बाढीले कटान गरी क्षति पुर्‍याएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।