काभ्रे जिल्लाका विभिन्न स्थानीय तहहरुबाट ४६ जना जनप्रतिनिधिहरुले नेकपा एकीकृत समाजवादी राजेका छन् । एमाले विभाजन भएपछि निर्वाचन आयोगले दल रोज्न प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुलाई मंगलबार सम्मको समयसिमा तोकिएको थियो ।

एमालेको जिल्ला इन्चार्ज तथा पूर्व मन्त्री गोकुल बाँस्कोटाले साम, दाम, दण्ड, भेद लगाएर रोक्न खोजेपनि उनीहरुले नयाँ पार्टी राजेको बताइएको छ ।

मंगलबारसम्ममा प्रदेशसभा सदस्य २ जना, नगर प्रमुख १ जना, नगर उप प्रमुख १ जना, गाउँपालिका उपाध्यक्ष १ जना, वडा अध्यक्षहरु ११ जना, वडा सदस्यहरु ३२ जनाले नयाँ पार्टीमा सनाखत गरेका छन् । प्रदेश सभा सदस्य सांसद लक्ष्मण लम्साल र सांसद बसुन्धारा हुमागाईंले यस अघि नै नयाँ पार्टी रोजीसकेका छन् ।

यी हुन् सनाखत गर्ने स्थानीय जनप्रतिनिधिहरु

सनाखत गर्नेहरुमा मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाईवा, नमोबुद्ध नगरपालिकाका उप–प्रमुख रामदेवी तामाङ, भुम्लु गाउँपालिका उपाध्यक्ष कल्पना श्रेष्ठ, मण्डन देउपुर वडा नम्वर १ का अध्यक्ष लक्ष्मण बस्ताकोटी, वडा नम्वर ३ का अध्यक्ष दिलबहादुर तामाङ, वडा नम्वर ६ का अध्यक्ष तथा नगर प्रवक्ता डिल्लीप्रसाद आचार्य, वडा नम्वर ७ का अध्यक्ष नारायण लम्साल, वडा नम्वर ११ का अध्यक्ष माधव न्यौपाने, पनौती वडा नम्वर ४ का अध्यक्ष बुद्धसिं थापा, बनेपा ६ का अध्यक्ष सचितानन्द केसी, पाँचखाल ६ का अध्यक्ष रामशरण दुलाल, महाभारत ८ का अध्यक्ष टंक आले, भुम्लु गाउँपालिका वडा नम्वर २ का अध्यक्ष कृष्णकुमार कार्की र वडा नम्वर ८ का अध्यक्ष मोतीलाल तामाङ रहेका छन् । जिल्ला समन्वय समिति सदस्य कृष्ण तामाङले समेत नयाँ पार्टी रोजेका छन् ।

यससँगै नेकपा एकीकृत समाजवादी रोज्ने जनप्रतिनिधि काभ्रेमा ४६ जना पुगेको छ । काभ्रेमा १ सय ३५ वडामा ३ सय ३४ जना एमालेका जनप्रतिनिधि रहेका थिए । पार्टी विभाजन पछि ४६ जनाले नयाँ पार्टी राजेपछि एमालेका २ सय ८८ जना जनप्रनिधि बाँकी रहेको छ । काभ्रेमा नेपाली काँग्रेसले २ सय २१ र माओवादी केन्द्रले १ सय २१ सिटमा विजयी हासिल गरेको थियो । अन्य तर्फ ८ जना विजयी भएको थियो ।

यता जिल्ला निर्वाचन आयोगले सनाखत विवतरण भने सार्वजनिक गरेको छैन । केन्द्रीय कार्यालयको अनुमति विना सार्जजनिक नगर्न परिपत्र जारी गरेपछि उनीहरुले सनाखत गर्नेको विवरण गोप्य राखिएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।