माओवादी केन्द्र निकट भुजेल राष्ट्रिय मुक्ति मोर्चा, नेपालको केन्द्रिय विस्तारीत बैठक सोमबार सम्पन्न भएको छ । बैठक माओवादी केन्द्रका केन्द्रिय कार्यालय, पेरिस डाँडामा खेमराज भुजेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

बैठकले मोर्चाको केन्द्रिय संयोजकमा खेमराज भुजेललाई चयन गरेको छ । यस अघिको संयोजक रहेका कृष्णबहादुर भुजेल एमालेमा प्रवेश गरेपछि रिक्त रहेको संयोजक पदमा खेमराजको संयोजकत्वमा ३३ सदस्यीय केन्द्रिय समिति चयन गरेको हो ।

समितिको सदस्यहरुमा गंगा भुजेल, विजय भुजेल, सन्त भुजेल, नगेन्द्र भुजेल, हेमराज भुजेल, प्रेमबहादुर भुजेल, कृष्ण भुजेल, अर्जुन भुजेल, रामगोपाल भुजेल, रमिला भुजेल, पृत्तम भुजेल, अनिता भुजेल, अम्बिका भुजेल, पूजा भुजेल, सावित्रा भुजेल, कृष्ण भुजेल, कृष्ण घर्ती, गणेशबहादुर भुजेल, जीवन भुजेल, रामबहादुर भुजेल, दिलबहादुर भुजेल, कनक भुजेल, विष्णु भुजेल, रमेश भुजेल, संगीता भुजेल, उत्तम भुजेल, सुरेश भुजेल, भिम भुजेल, लक्ष्मण भुजेल, गगन थापा भुजेल, पूर्ण भुजेल, शुष्मा भुजेल र डिलबहादुर भुजेल रहेका छन् ।

बैठकमा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा राष्ट्रिय आदिवासी जनजाति महासंघको इन्चार्ज सुरेश आलेमगर, महासंघको केन्द्रिय सदस्य बाबुराम भुजेलको उपस्थिति रहेको थियो ।

बैठकले १३ सदस्यीय सचिवालय र ५ सदस्यीय कार्यालय टिमको समेत चयन गरेको केन्द्रिय सदस्य रामगोपाल भुजेलले जानकारी दिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।