काभ्रेको धुलिखेलमा ३ दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रम शुरु भएको छ । ओमेन एक्ट र पौरखी नेपालको आयोजनामा भएको उक्त तालिम कार्यक्रममा काभ्रेका विभिन्न स्थानीय तहहरुबाट सहभागी छन् ।
यूएन ओमेनका सहयोगमा कोभिड–१९ को सन्दर्भमा दिगो जीविकोपार्जनमा महिलाहरुको पहुँच सवलीकरण परियोजना अन्तर्गत यो तालिम कार्यक्रमको आयोजना गरिएको ओमेन एक्टका अध्यक्ष सिर्जना अधिकारीले जानकारी दिए ।
तालिम लैंगिक तथा समाजिक समावेशीकरण, अन्तरवर्गीयता, लैंगिक हिंसा, महिलाहरुको सामाजिक आर्थिक सशक्तिकरण तथा भेदभावपूर्ण सामाजिक मूल्य र मान्यता र हानिकारण अभ्यासहरुका सम्बन्धमा भइरहेको छ ।
विहिबारदेखि शुरु भएको उक्त तालिममा अञ्जु केसी, मञ्जु अधिकारी, प्रकाश अधिकारी र कुमार खड्काले प्रशिक्षण दिइरहेको छ ।
उद्घाटन कार्यक्रमको सञ्चालन निर्मला सुनुवारले गरेका थिए भने स्वागत प्रकाश अधिकारीले गरेका थिए । तालिम शनिबारसम्म सञ्चालन हुने भएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















