नेकपा (माओवादी केन्द्र)को सहायक सङ्गठन योङ कम्युनिस्ट लिग नेपालको नमोबुद्ध नगर स्तरीय सम्मेलन सम्पन्न भएको छ । कमिटी विस्तार गरिएको छ । तेस्रो नगर सम्मेलनबाट जितबहादुर लामाको अध्यक्षतामा ५९ सदस्य नगर कमिटी निर्वाचित भएका छन् ।

कमिटीको उपाध्यक्षमा वाङ्जु लामा, सचिवमा सञ्जय लामा, सहसचिवमा केश्मा थापा, मिलन लामा र कोषाध्यक्षमा श्यामकुमार श्रेष्ठ निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरूमा एम लामा, रेशाम लामा, जित लामा, गोविन्द नेपाली, विवेक तामाङ, दीपक लामा, विष्णुबहादुर लामा, आशिष् लामा, कविता लामा, राजकुमार श्रेष्ठ, विजय तामाङ, इन्द्रमाया तामाङ, जितलाल तामाङ, सन्त लामा, मनोज अधिकारी, प्रकाश लामा, सिता लामा, गोविन्द विसुङ्के, राजकुमार परियार, आइतसिंह विसुङ्के, छोइकु लामा लगायत निर्वाचित भएका छन् ।

सम्मेलनलाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्रका नेता तथा बागमती प्रदेशका पूर्व मन्त्री युवराज दुलालले माओवादीहरू सुधारिएको संसदीय व्यवस्थामा आएको बताउँदै राष्ट्रिय रूपमा राजनीतिक मुद्दा र आम जनताको मन जित्दाजित्दै पनि चुनावमा सोचेजस्तो परिणाम ल्याउन नसक्नुको पछाडि केही समस्या रहेको बताए । ‘अब जिल्ला, नगर, वडा सबैमा पुनः जनताको मन जित्दै र पार्टीका विभिन्न संठगनलाई मजबुन रूपमा विस्तार गरी आगामी निर्वाचन जित्नुको विकल्प छैन ।’ उनले भने, ‘बरु सरकार छोडेर सडकमा आउने तर एमसीसी पारित नगर्ने नीति माओवादीको छ । माओवादी केन्द्रले नै हो एससीसी पारित हुनबाट रोकेको ।’

कार्यक्रममा माओवादी केन्द्रका काभ्रे जिल्ला इन्चार्ज एवं पुर्वराज्य मन्त्री सूर्यमान दोङ ‘लालध्वज’, बागमती प्रदेश कमिटी सदस्य एवं चौरीदेउराली गाउँपालिका अध्यक्ष दिननाथ गौतम ‘प्रयास’, पार्टी जिल्ला अध्यक्ष रुकु चौलागाईं, सङ्घीय संसद गंगाबहादुर दोङ ‘वमध्वज’, पार्टी जिल्ला सचिवालय सदस्य दैवलाल घिसिङ ‘अनुशिल’, धावा लामा, धर्मसिंह लामा लगायतले माओवादी पार्टी विचार, आन्दोलन, विचार र परिवर्तनको पर्यायवाचीसँगै अग्रगामी विचार र दृष्टिकोण भएको बताए । उनीहरूले एमालेले जितेको स्थानीय तहमा बेथिति बढेको बताउँदै अब पार्टी सङ्गठनलाई आम जनताको भावना अनुरूप अघि बढाएर माओवादी केन्द्रले जित्नुपर्ने समेत बताए ।
त्यस्तै कार्यक्रममा प्रदेश सभा सदस्य रत्न ढकाल, विष्णु मिजार लगायत सयौँ वाइसिएल नेता क्रयकर्ताको उपस्थिति रहेको थियो ।
विभिन्न पार्टीका केन्द्रीय नेता सहित ३१ जना माआवादीमा प्रवेश
सम्मेलनमा नेपाली काँग्रेस निकट नेपाल दलित सङ्घका केन्द्रीय सदस्य रामजी सुनार, नेपाली जनता दल काभ्रेका अध्यक्ष तथा तत्कालीन संविधान सभा सदस्य उम्मेदवार बद्री तिमल्सिना लगायत विभिन्न पाटीपर्् परित्याग गरी ३१ जनाभन्दा बढी माओवादीमा केन्द्रमा प्रवेश गरेका छन् ।
काँग्रेस, एमाले र जनता दल परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेहरूमा राजराम दाहाल, किरण पौडेल, दीपक भुजेल, कुमार मिजार, विदुर भुजेल, सञ्जीव भुजेल, रोशन विसुङ्के, सुदन ओझा, कुशल भुजेल, विकास विसुङ्गे, रामकृष्ण श्रेष्ठ, बस्नेत, विक्रम लामा, पेमा लामा, मिलन लामा, जितबहादुर तामाङ, सूर्यबहादुर तामाङ, तीर्थमान लामा, कान्छामान थिङ, सोमराज तामाङ, साजन तामाङ लगायतका रहेका छन् ।
नवप्रवेशीहरुलाई बागमती प्रदेशका पुर्वमन्त्री दुलाल, लालध्वज, प्रयास, वमध्वज, रुकु चौलागाईं, अनुशिल लगायतले टिका र खादा लगाएर स्वागत गरेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















