नेकपा (एकीकृत समाजवादी)ले काभ्रे जिल्लाको तेमाल गाउँपालिकाकाबाट काठमाडौँ बसोबास गर्ने आफ्नो कार्यकर्ताहरूको भेला सम्पन्न गरेको छ । शनिवार एकीकृत समाजवादी, तेमाल–काठमाडौँ सम्पर्क मञ्चको भेला सम्पन्न गरेको हो ।

भेलाले तेर्साङ लामाको अध्यक्षतामा कमिटी समेत गठन गरेको छ । जसको उपाध्यक्षमा बुद्ध लामा, सचिवमा प्रवीण घिसिङ, सह–सचिवमा पेमाध्वज तामाङ निर्वाचित भएका छन् । त्यसैगरी युवा सङ्घको पनि तेमाल–काठमाडौँ सम्पर्क मञ्च गठन गरेको छ । अध्यक्षमा विजय लामा, उपाध्यक्षमा सञ्जीव तामाङ, सचिवमा अच्युत पन्त, सह–सचिवमा सुरेन्द्र तामाङ, कोषाध्यक्षमा सिर्जना तामाङ लगायतका ४३ सदस्यीय कमिटी गठन गरेको छ ।

कार्यक्रममा तेमाल गाउँपालिकाबाट काठमाडौँमा बसोबास गर्ने पार्टी समर्थकहरूको बाक्लो उपस्थिति रहेका थिए ।

कार्यक्रम पार्टीको केन्द्रीय सदस्य मेडमनि चौधरीको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रमको अतिथिहरूमा पार्टीको बागमती प्रदेश कमिटी सदस्य तथा प्रदेश सभा सदस्य सांसद लक्ष्मण लम्साल, प्रदेश कमिटी सदस्य मुकुन्द गौतम, अनेरास्ववियुको केन्द्रीय अध्यक्ष सुदेश पराजुली, पार्टी नेता लाप्साङ लामा, अनेमा सङ्घको जिल्ला अध्यक्ष पासाङ डोल्मु लामा, तेमाल गाउँ कमिटीका अध्यक्ष प्रदीप लामा, युवा सङ्घका केन्द्रीय स्थायी कमिटी सदस्य समीप त्रिपाठी, पार्टी जिल्ला सदस्य शंकर त्रिपाठी, सिजन लामा, युवा सङ्घका नेता शेर बहादुर तामाङ लगायतका रहेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।