अन्जली तामाङ/धुलिखेल
ओमेन एक्ट र पौरखी नेपालको आयोजनामा काभ्रेको धुलिखेलमा भएको ३ दिने प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ । विहिबारबाट शुरु भएको उक्त तालिम कार्यक्रम शनिबार एक कार्यक्रमका बीच सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेकी धुलिखेल नगरपालिकाका उपमेयर बिमला शर्माले आफ्नो नगरमा यस्ता तालिमको आयोजना गरेकोमा संस्था प्रति खुशी व्यक्त गर्दै आभार व्यक्त गरिन् । त्यसैगरी तालिममा सहभागीहरुलाई बधाई दिदै उपमेयर शर्माले आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गरिन् ।

तालिममा धुलिखेल, बनेपा, पनौति र पाँचखाल नगरपालिकाका गरी २६ जना युवाहरुको सहभागीता रहेको थियो ।
यूएन ओमेनको सहयोगमा कोभिड–१९ को सन्दर्भमा दिगो जीविकोपार्जनमा महिलाहरुको पहुँच सवलीकरण परियोजना अन्तर्गत यो तालिम कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रम ओमेन एक्टका अध्यक्ष सिर्जना अधिकारीको सभापतित्वमा सम्पन्न भएको हो ।
सहभागीहरुलाई तालिम अञ्जु केसी, मञ्जु अधिकारी, प्रकाश अधिकारी र कुमार खड्काले दिएका थिए ।
समापन कार्यक्रमको सञ्चालन परियोजनाका संयोजक मायालु लामाले गरेकी थिइन् भने स्वागत मन्तव्य प्रकाश अधिकारीले गरेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















