बागमती प्रदेशका नवनियुक्त भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री चन्द्र लामाले सरकारका कृषि कार्यक्रम सहि ठाउँमा पु¥याउन नसकेको बताएका छन् । आफ्नो पार्टी निकट पत्रकारहरुसँगको भेटघाटमा मन्त्री लामाले यस्तो कुरा बताएका हुन् ।

सरकारको कृषि कार्यक्रमका लागि किसानको वर्गीकरण आवश्यक रहेको समेत लामाले बताए । ‘यसअघि पनि सरकारले कृषिमा बजेट व्यवस्था नगरेको हैन, सहि ठाउँमा पु¥याउन चाहिँ समस्या देखिन्छ, कृषि व्यवसाय गर्ने किसानको वर्गीकरण गर्नुपर्छ ।’ उनले भने, ‘ठूलो लगानी गर्नेले सबै अनुदानका कार्यक्रम लिईरहेको देखिन्छ, सिमित स्रोत साधनले सानो लगानीमा बाँधिएका वास्तविक किसान अनुदान पाउन नसकेको देखिन्छ ।’

उनले वास्तविक किसानहरुलाई कृषि कार्यक्रममा समेट्नेगरी संविधान अनुसार कार्यविधि बनाएर विधि सच्याउँनुपर्नेमा जोड दिए ।

प्रदेशका १३ वटै जिल्लाका किसान माझ दुग्ध विकास, कृषि यन्त्रीकरण, अनुदान व्यवस्थापन जस्ता कार्यक्रम पुर्याउन आफू साझा भुमिकामा रहने बताए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।