नेकपा माओवादी केन्द्रको भातृसंगठन वाईसिएल नेपालको गोर्खा जिल्लाको गोर्खा नगरपालिका वडा नं. १३ को भेला सम्पन्न भएको छ । आइतबार सम्पन्न भएको भेलाले जर्पन अधिकारीलाई अध्यक्षमा निर्वाचित गरेको छ ।

अधिकारीको नेतृत्वमा ६५ सदस्यीय वडा कमिटी चयन गरेको छ । जसको उपाध्यक्षमा निश्चल गुरुङ, सचिवमा जितबहादुर भुलन, सह–सचिवमा राजन खनाल, कोषाध्यक्षमा पूर्णिमा दराई निर्वाचित भएका छन् । त्यसै गरी सदस्यहरूमा राजु आले, गौतम अधिकारी, किसान उप्रेती, सन्तोष सुनार, युसुप तामाङ, शिव विक, कुमार विक, शिवराम सुनार, ज्ञानबहादुर सुनार। विपिन सुनार, सन्दीप सुनार, विनय थापा, काजी थापा, सविना थापा, रश्मि लहोनी, उज्ज्वल गुरुङ, विक्रम गुरुङ, मुना गुरुङ, अदिप गुरुङ, रमेश श्रेष्ठ, रमेश श्रेष्ठ, सन्तोष कार्की, एलिसा तामाङ, दिलीप नेपाली, सञ्जय बराल लगायतका निर्वाचित भएका छन् ।

भेलाको उद्घाटन वाईसिएल नेपालका केन्द्रीय सदस्य सुदिप बयलकोटीले गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि समेत रहेका बयलकोटीले मुलुकको भविष्य अब युवा कम्युनिष्टहरुको हातमा रहेका बताउँदै अरू पार्टी भन्दा भिन्दा र नयाँ तरिकाले सोच्न युवाहरूलाई आव्हान गरेका थिए । ‘माओले भन्नुभए झैँ हामी उदाउँदो सूर्य हौँ, यो देशको भविष्य हामी युवाहरूकै हातमा छ ।’ उनले भने, ‘अरुले भन्दा हामीले नयाँ तरिका सोच्न आवश्यक छ, भिन्दै तरिकाले बुझ्न जरुरी छ । त्यसैले युवाहरू आजको सचेत जमातका रूपमा अघि बढौँ ।’

भेलाको विशेष अतिथिमा माओवादी केन्द्रका गण्डकी प्रदेश कमिटी सदस्य तथा नगर इन्चार्ज कमला नहर्की (सपना) रहेका थिए ।

Comments

comments