काभ्रे जिल्लाको बनेपा नगरपालिका वडा नं. १२ मा रहेको साझा पेट्रोल पम्प अगाडी १३ वर्षिय बालिका बलात्कृत भएकी छिन् । जिल्ला प्रहरी कार्यालय, काभ्रेका सूचना अधिकारी डिएसपी हरि खतिवडाका अनुसार ट्रकभित्र ट्रकका चालक र सह–चालकबाट बलात्कृत भएकी हुन् ।

उनीहरु दुवैजनालाई मंगलबार आज धुलिखेल–७, धुलिखेल चोकबाट ट्रक सहित झापा जिल्ला हल्दीबारी गाउँपालिका वडा नं. ०५ बस्ने वर्ष ३२ को चालक हर्क बहादुर बिश्वकर्मा र सह–चालक जिल्ला मोरङ्ग उर्लाबारी नगरपालिका वडा नं. ०१ बस्ने वर्ष १८ को निदिप धिमाललाई पक्राउ गरिएको छ ।

घट्ना यसरी घटेको थियो

गत भदौ २६ गतेका दिन राती १२ वजेको समयमा भक्तपुर नगरपालिका वडा नं. ०१ श्रृजनानगर स्थित सडक खण्डमा पूर्व तर्फ जानको लागि भनि गाडी कुरिरहेकी वर्ष १३ की बालिकालाई एकिन नम्बर नखुलेको ट्रकले गन्तव्य सम्म पु¥याइदिने भनि उक्त गाडीमा राखी ल्याएको अनुसन्धानमा खुलेको डिएसपी खतिवडाले जानकारी दिए । राती १ बजेर ३० मिनेटकोसमयमा बनेपा नगरपालिका वडा नं. १२ मा रहेको साझा पेट्रोल पम्प अगाडी गाडी रोकी सोही गाडी भित्रै चालक र सह–चालक दुवै जना मिलि पालै पालो जबरजस्ती करणी गरी निज बालिकालाई गन्तव्य सम्म नपु¥याई सोही स्थानमा छाडी फरार भएका थिए ।

यस्तो रहेछ घट्ना विवरण

प्रहरीका अनुसार पीडित बालिका आफूलाई जबरजस्ती करणी भए पश्चात गन्तव्य तर्फ नगई पून भक्तपुर तर्फ साझको समयमा एक्लै विक्षिप्त रुपमा हिडिरहेको अवस्थामा प्रहरी टोलीले फेला पारेको थियो । प्रहरीले सोधपुछ गर्दा आफुलाई नम्बर नखुलेको ट्रक चालकले भक्तपुर नगरपालिका वडा नं. ०१ श्रृजनानगरबाट आफ्नो गन्तव्यसम्म सम्म पु¥याई दिन्छु भनि बनेपा–१२ जनागाल स्थित साझा पेट्रोल पम्प अगाडी गाडी रोकी सोही गाडी भित्र चालक र सह–चालक दुवै जना मिलि पालै पालो जबरजस्ती करणी गरेको भनी बताएको प्रहरीले जनाएको छ । त्यसपछि तत्काल पीडितलाई आफन्तको जिम्मा लगाई अनुसन्धान प्रारम्भ गरिएको थियो ।

यसरी बढाइएको थियो प्रहरीले सक्रियता

सूचना अधिकारी डिएसपी खतिवडाका अनुसार तत्काल वारदात भएको भनिएको स्थानमा प्रहरी टोली खटि जाँदा सोही स्थानमा पीडितको कपडाहरु सहितको झोला र चप्पल फेला परेको थिाये । त्यसपछि प्रहरीको अनुसन्धानमा घटना घटाई वारदात स्थलबाट गाडी लिई चालक र सह–चालक सिन्धुली हुँदै झापा सम्म पुगेको पत्ता लागेको थियो ।

प्रहरीले नम्बर नखुलेको सवारी साधन पत्ता लगाउने उद्देश्यले प्रविधिक विश्लेषण गर्ने क्रममा प्रदेश २–०३–००१ ख १४८५ नम्बरको भाडाको ट्रक साँगाबाट बनेपा चोक आईपुग्न अत्याधिक समय लागेको देखिएकाले सो ट्रक उपर शंका लागि उक्त ट्रकलाई निगरानीमा राखिएको थियो ।

सोमबार प्रदेश २–०३–००१ ख १४८५ नम्बरको भाडाको ट्रक मोरङ्गबाट वि.पि. राजमार्गको बाटो हुँदै काठमाण्डौ तर्फ आउँदै छ भन्ने सूचनाको आधारमा मंगलबार अन्दाजी ७ः१५ बजेको समयमा धुलिखेल नगरपालिका वडा नं. ०७ धुलिखेल चोक बाट ट्रक सहित विश्वकर्मा र धिमालालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रारम्भिक अनुसन्धानको क्रममा वारदातमा निज प्रतिवादीहरूको संलग्नता रहेको पीडितको परिवारबाट जबरजस्ती करणी सम्बन्धी कसूरमा किटानी जाहेरी लिई काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट म्याद थप अनुमती लिई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Comments

comments