काभ्रेको महाभारत गाउँपालिका वडा नं. ५ मा विविध कार्यक्रमका साथ राष्ट्रिय वाल दिवस–२०७८ मनाएको छ । महाभारत गाउँपालिकाको समन्वय र म्हारमेन्दो बाल संरक्षण समाज नेपालको आयोजनामा वालदिवस मनाएको थियो ।

‘बालबालिकाको कुरा सुनौ, बाल दुव्र्यवहार अन्त्य गरौं’ भन्ने मुल नाराका साथ आयोजित कार्यक्रममा बालबालिकाहरुले आ–आफ्नो प्रतिभा समेत प्रदर्शन गरेका थिए । ११ वटा विद्यालयका विद्यार्थीहरु सहभागी भएको उक्त कार्यक्रममा ९ वटा विद्यालयका विद्यार्थीहरुले वाल अधिकारी विषयमा आ–आफ्नो रचना वाचन गरेका थिए । सहभागीहरुलाई प्रमुख अतिथिले प्रमाणपत्र वितरण गरेको थियो ।

कार्यक्रममा उच्कृष्ट म्हेन्दोफोले प्राविका सडक नाटकलाई संस्थाका अध्यक्ष सुवास जिम्बाले २ हजार रुपैयाँ नगद प्रदान गरेका थिए ।

कार्यक्रममा बागमती प्रदेश सभा सदस्य सांसद रत्न ढकालको प्रमुख आतिथ्यतामा भएको थियो भने विशेष अतिथिमा महाभारत गाउँपालिकाका प्रमुख प्रसासकिय अधिकृत हरि सिं बिष्ट, महाभारत गाउँपालिकाका प्रवक्ता एवं वडा नं. ५ का वडा अध्यक्ष रबिन मोक्तान, रास्ट्रिय हाँस्य कलाकार सुरबिर पन्डित (दाह्री बा), विभिन्न बिद्यालयका शिक्षकशिक्षिका, बुद्धिजिबि तथा बिद्यार्थीहरुको उपस्थिति सहभागीता रहेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।