प्राचीन अनुवाद एकमातृ गुरु संघ, नेपालको चौथो वार्षिक साधारण सभा एवं दोस्रो अधिवेशन हुने भएको छ । साधारण सभा आगामी असोज ४ गतेका दिन हुने संस्थाका महासचिव रोजबहादुर तामाङले जानकारी दिएका छन् ।

साधारणसभा धर्म गुरु डोल्पो टुल्कु ओग्यन छ्योइङ येशे रिन्पोक्षेको प्रमुख आतिथ्यतामा हुने महासचिव तामाङले बताए ।

उनले संस्थाका सम्पूर्ण सदस्यहरु र सुभचिन्ताकहरुलाई सहभागीका लागि अनुरोध समेत गरेका छन् ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।