संविधानले नेपालमा बोलिने सबै भाषा राष्ट्र भाषा भएको र बोल्न र लेख्ने अधिकार दिए पनि सिन्धुपाल्चोको एक विद्यालयमा भने तामाङ भाषा माथि प्रतिबन्ध लगाएको छ । मेलम्ची नगरपालिका वडा नं. १२ स्थित एक सामुदायिक विद्यालयमा कार्यरत दुई शिक्षिकालाई विद्यालय परिसरभित्र आफ्नो मातृभाषा बोल्न प्रबिन्ध लगाएको हो ।

मातृभाषा माथि प्रतिबन्ध मात्र लगाएनन् उनले शिक्षिकालाई गाली गलौच गरी अपमानजनक व्यवाहार समेत देखाएका छन् । सो वडाका बाँसबारीस्थित श्री कालिका देवि माध्यमिक विद्यालयका शिक्षिक अनिता तामाङ र विमला तामाङलाई विद्यालय परिसरभित्र (मातृभाषा) तामाङ भाषा बोल्न नपाउने बन्दै शिक्षक कर्मचारी र विद्यार्थीहरुको विच अपमानजनक रुपमा प्रधानाध्यपक निरजन गिरीले गाली गलौच गरेको शिक्षिका अनिता तामाङले बताइन् ।

आफुहरुलाई विद्यालयमा सम्मानजनक व्यवहार नभएकोे शिक्षिकाहरुले बताएका छन् । ‘हामीले दुई चार शब्द मात्रै बोलेका थियौ’ तर प्रधानाध्यपकले शिक्षक शिक्षिका र विद्यार्थीहरुकै विच ‘यो विद्यालय हो तपाईहरुको घर होइन । यहाँ तामाङ भाषा बोल्न पाइदैन । बोल्ने भए घर जानुस भन्नु भयो ।’ शिक्षिका तामाङले भने, ‘प्रधानाध्यपकले अराजकशैलिमा प्रस्तुत भएर बोल्दा शिक्षक र विद्यार्थीहरुका विच हामी अपमानित भएको महसुस भएपछि हामी आफ्नो आत्मासम्मानका लागि उत्रन बाध्य भएका छौँ ।’

भाषाको बहाना बनाएर पटक पटक मानासिक तनाब दिने, बैठकमा पनि जे गर्न सक्छस गर भनेर धम्की दिने, मातृभाषालाई बन्देज लगाउनु खोज्नु आफुलाई अपमान र अपहेलना गरेको महसुस भएको शिक्षिकाहरुको भनाइ छ ।

‘आफ्नो भाषा जहाँ पनि बोल्न पाइन्छ तर पनि स्कुलको नियम हो हामीले पालाना गर्दै आएका थियौ तर पटक पटक एउटै विषयलाई लिएर प्रधानाध्यपकले मनाविक तनाब दिन्छन् ।’ शिक्षिका विमला तामाङले भनिन् ।

यसैबीच विद्यालयमा तामाङ भाषालाई बन्देज नगर्न तामाङ विद्यार्थी घेदुङले खबरदारी सहित विज्ञप्ती जारी गरेको छ ।

सरकारले मातृभाषा शिक्षा पठनपाठन गर्न स्विकृति दिएको जिल्लामा मातृभाषा बोलेकै विषयलाई विद्यालयले दुई शिक्षिकालाई गरेको व्यवहार मनान योग्य नभएको भन्दै नेपाल तामाङ विद्यार्थी घेदुङले विज्ञप्ती जारी गरेको हो ।

‘नेपालको संविधानको धारा ३१ को शिक्षा सम्बन्धि हक र धारा ३२ को भाषा तथा साँस्कृतिक हक अनुसार राज्यको प्रत्येक नागारिकले आफ्नो मातृभाषमा शिक्षा आर्जन गर्न, पठनपाठन गर्न पाउने व्यवस्था छ । सो अनुरुप नेपाल सरकारले भाषा आयोगको सहकार्यमा मातृभाषा शिक्षालाई कार्यान्वयन गर्न नेपाल तामाङ घेदुङले पनि तामाङ भाषाको पाठ्यक्रम निर्माण गरि पठनपाठन सुरु गर्दै आएको छ ।’ विज्ञप्तीमा भनिएको छ, ‘यि सवै कुरालाई उलंघन हुने गरी सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका वडा नं १२ स्थित रहेको श्री कालिका देवि माध्यमिक विद्यालयका प्रधानाध्यपक निराजन गिरीले विद्यालय परिसर भित्र कुनै पनि मातृभाषामा कुराकानी गर्न समेत नपाउने भनी निर्देशन गरिएको र उक्त निर्देशन सोही विद्यालयमा अध्यापनरत शिक्षिका अनिता तामाङ र विमला तामाङले उलंघन गरेको भनि विद्यार्थी र अन्य शिक्षकहरुका विच व्यक्तिगत जीवनमा समेत आँच आउने गरी गाली गलौच अपहेलित व्यवहार गरेको हुनाले प्रधानाध्यपकको उक्त व्यवहारको विद्यार्थी घेदुङ घोर भत्र्साना गर्दछ ।’

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।