पौडी खेल्ने

काभ्रे जिल्लाको खानीखोला गाउँपालिका वडा नं. ५, सतिघाट स्थित खानीखोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ । ४२ वर्षिय लोक्तोङ भनिने रामलाल बलको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय, काभ्रेका अनुसार बललाई खानीखोला–२ मकैबारीमा खुवा पु¥याएर फर्किने बेला खोला तर्ने क्रममा बगाएको थाहा भएको छ ।

जिल्ला प्रहरी कार्यालय, काभ्रेका डिएस्पी हरि खतिवडाका अनुसार एक युवा मृत अवस्थामा खोलाको ढुङ्गामा अड्किरहेको स्थानीयबाट खबर प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय र फलामेटार प्रहरी चौकीको असाई सुनलाल रुम्बा नेतृत्वको टोली पुगेका थियो ।

उनको शव सोही वडाको ढोकास्थित् खानीखोला पुलमुनि दिउँसो ढुङ्गामा अड्किएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।