काभ्रेको धुलिखेलमा नेकपा एमालेको धुलिखेल नगरको समानान्तर कमिटी नेकपा (एकीकृत समाजवादी) मा रूपान्तरण गरेको छ । शनिबार धुलिखेलमा सम्पन्न पार्टीको नगर कमिटी गठन कार्यक्रमको आयोजना गरी समानन्तर कमिटीलाई एकीकृत समाजवादीमा रुपान्तरण गरिएको हो ।
यस अघि समानान्तर कमिटीका नगर अध्यक्षमा दया सागर श्रेष्ठलाई चयन गरिएको थियो । जसको उपाध्यक्षमा सञ्जीता तामाङ, सचिबमा यादव कोईराला र उपसचिबमा टिका प्रसाद हुमागाई चयन भएका छन् । नगर कमिटी पदाधिकारी सहित ९१ सदस्यीय गठन गरिएको आयोजकले जनाएको छ ।
भेलाले विभिन्न जनवर्गीय संगठन पनि गठन गरेको छ । शैलेन्द्र पराजुली अध्यक्ष रहेको ३० सदस्यीय युवा संघ नेपाल, सानुभाई विक अध्यक्ष रहेको ९ सदस्यीय उत्पीडित जातीय मुक्ति समाज, शिव मन्दिल श्रेष्ठ अध्यक्ष रहेको ७ सदस्यीय धुलिखेल–काठमाडौं सम्पर्क मञ्च, गोविन्द कुईकेल अध्यक्ष रहेको १२ सदस्यीय अनेरास्ववियू नगर कमिटी गठन गरेको छ ।
त्यस्तै आत्माराम पोखरेल अध्यक्ष रहेको १४ सदस्यीय किसान महासंघ, यसोदा पराजुली अध्यक्ष रहेको २० सदस्यीय अखिल नेपाल महिला संघ पनि गठन गरिएको नगर पार्टी सचिब कोईरालाले जानकारी दिए ।
नगर सचिवालय पनि गठन गरिएको छ । ३१ सदस्यीय सचिवालय गठन गरिएको नगर ईन्चार्ज हरि गोपाल प्रधानाङ्गले बताए बताए ।
कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य बेदुराम भुसाल, केन्द्रीय प्रतिनिधि कृष्ण प्रसाद सापकोटा र बिदुर सापकोटा, बागमती प्रदेशका सांसद बसुन्धरा हुमागाई र लक्ष्मण लम्साल, बागमती प्रदेशका सदस्य मुकुन्द गौतम, पार्टी सचिब दिपक गौतम, युवा संघ नेपालका केन्द्रीय सचिव भेषराज शाह, अनेरास्ववियूका काभ्रे जिल्ला अध्यक्ष बदन भण्डारी लगायतका नेताहरू सहभागी रहेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















