काभ्रे जिल्लाका ठगी मुद्दाका फरार प्रतिवादी १५ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डिएस्पी हरि खतिवडाका अनुसार पक्राउ पर्नेमा चौरीदेउराली गाउँपालिका–६ का ६८ वर्षीय विदुरराज गिरी रहेका छन् ।
जिल्ला अदालत काभ्रेपलाञ्चोकले गुठी ठगी मुद्दामा २०६३ भदौ २५ गते गिरीविरुद्ध तीन वर्ष चार महिना १२ दिन कैद र आठ लाख पाँच हजार रुपैयाँ जरिवाना तोकेको थियो । फरार सूचीमा रहेका उनलाई जिल्ला प्रहरी कार्यालयको टोलीले शुक्रबार काठमाडौंको बालजुबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
डिएसपी खतिवडाका अनुसार फैसला कार्यन्वयनका लागि गिरीलाई तत्काल जिल्ला अदालतमा पेस गरि कारागार चलन गरिएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















