नेकपा एमालेको भ्रातृ संगठन अनेरास्ववियुको केन्द्रिय समितिको महासचिवमा काभ्रेका युवा नेता समिक बडाल चयन भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न केन्द्रीय सचिवालयको बैठकले बडाललाई महासचविमा चयन गरेको हो ।
साथै बैठकले अनेरास्ववियूको केन्द्रिय अध्यक्षमा सुनिता बराल उपाध्यक्षमा कल्पना वाइवालाई चयन गरेको छ ।
महासचिमा चयन भएका बडाल विद्यार्थी आन्दोलनमा लामो समयदेखि क्रियशिल नेता हुन् । काभ्रेबाट प्रतिनिधित्व गर्ने उनी राशी गाउँपालिका वडा नं. ९, मंगलटार निवासी हुन् ।
अनेरास्ववियुका अध्यक्ष ऐन महरसहितको पदाधिकारीले विद्यार्थी संगठनबाट बिदा लिएसँगै बराल, वाइबा र बडालको बढुवा भएको हो । बैठकलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















