मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नं. १० स्थित एक घरमा एक पुरुष मृत अवस्थामा फेला परेको छ । जिल्ला प्रहरी कार्यालय, मकवानपुरका अनुसार सो वडाको आनन्द टोलको एक घरमा डेरा लिए बसेको एक पुरुषको शब फेला परेको हो ।
प्रहरीका अनुसार उक्त शव लम्जुङ घर भएका अन्जादी ३० वर्षीय अमृत पन्थिको रहेको छ । उनी हेटौंडा–१० आनन्द टोलस्थित सत्य नारायण सिलवालको घरमा डेरा गरी बस्दै आएको प्रहरीले जनाएको छ । दिउँसो अबेरसम्म नउठेपछि घर धनीले गएर कोठाको झ्यालबाट हेर्दा सुत्ने ओछ्यानमा मृत देखिएपछि प्रहरीलाई खबर गरेको थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















