नेकपा माओवादी केन्द्र, काभ्रेजिल्ला स्थित बेथानचोक गाउँपालिका वडा नं. ६ को वडा भेला सम्पन्न भएको छ । शनिबार सम्पन्न भेलाले जीवनसिं लामालाई अध्यक्षमा निर्वाचित गरेको छ ।

भेलाले उपाध्यक्षमा रामबहादुर तामाङ, सचिवमा किसान वाइबा, सह–सचिवमा उद्धव गिरी र कोषाध्यक्षमा मानकुमारी तामाङ निर्वाचित भएका छन् । सदस्यहरुमा केसर जगर्डामगर, ध्रुव बुढाथोकी, गोमा परियार, लक्ष्मी विक, भयोराली तामाङ, लालबहादुर तामाङ, बलबहादुर विक, चन्द्रबहादुर तामाङ, सुष्मा लामा, आमर तामाङ, भक्तबहादुर श्रेष्ठ, प्रकाशबहादुर थापा, सुनिता थापा मगर, सागर थापा, सिद्धार्थ थापा, ज्ञानराज लामा, शोभा लामा, राम थापा, कृष्णबहादुर तामाङ, रामशरण थापा, विनोद तामाङ (विशाल), कर्णबहादुर मगर, लक्ष्मी ढुंगाना, सुदिप प्रसाद ओझा निर्वाचित भएका छन् ।

२० जनाले गरे काँग्रेस–एमाले परित्याग

भेलामा २० जना युवाहरुले नेपाली काँग्रेस र एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका छन् । काँग्रेस–एमालेबाट मुलुकको हित नहुने भएकोले उनीहरुले सो पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेको भनाई रहेको छ ।

प्रवेश हुनेहरुमा राजवीर तामाङ, आसिस तामाङ, नरेस तामाङ, दिनेश तामाङ, सरवीर तामाङ, विश्व तामाङ, नविन तामाङ, बुद्ध तामाङ, सुरेश लामा, सुरेश तामाङ, नमराज तामाङ, विशाल लामा, सोनाम लामा, मनोज लामा, शान्ता तामाङ, चन्द्र लोप्चन, विष्णुमाया तामाङ, मानकुमारी तामाङ, मिलन तामाङ र दोर्जे रम्बा रहेका छन् ।

भेलामा वागमती प्रदेश कमिटी सदस्य इन्द्रबहादुर थिङ, जिल्ला सचिवालय सदस्यहरु दैवलाल घिसिङ, हरि केसी, पेमा तामाङ, जिल्ल सदस्यहरु जयबहादुर वाइबा, तारा राना, कुमार तिमल्सिना, वाइसिएलका बेथानचोक गाउँकमिटी इन्चार्ज उमेश लामा लगायतका सहभागीता रहेका थिए ।

जीवनसिं लामाको अध्यक्ष्तामा, किसन वाइबाको सञ्चालनमा भएको कार्यक्रमा स्वागत राजकुमार लामाले गरेका थिए ।

Comments

comments