मकवानपुरको हेटौडा उपमहानगरपालिका–१ चाइनाक्वाटारमा तास खेलीरहेको समयमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ । प्रहरीले तास खेलिरहेको अवस्थामा सातजनालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कायालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१ चाईनाक्वाटरस्थित राकेश केसीको घरमा जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयका अनुसार हेटौडा– १ का ३७ वर्षीय राकेश केसीघर धनि, हेटौंडा–१० का १० का ४२ वर्षीय रमेश श्रेष्ठ, ३८ वर्षीय प्रदिप जंग पण्डित, ४० वर्षीय पदम बहादुर भण्डारी, जिल्ला धादिङ धुनिवेशि नगरपालिका–९ घर भई हाल हेटौंडा बस्दै आएका ३६ वर्षीय बाबु कृष्ण उप्रेति, हेटौंडा–१ का ५५ वर्षीय एक बहादुर थापा र हेटौंडा–४ का ३१ वर्षीय दिपेन्द्र कुमार मिश्रलाई पक्राउ गरिएको छ।

पक्राउ परेकाको साथबाट ४ बुक तास , नेपाली रुपैया २६ हजार ९८५ रुपैया र भारतीय रुपैया १ हजार ५ सय नगद बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।