सदस्यता विवादका कारण नेपाली काँग्रेस काभ्रेको कार्यालयमा लगाएको ताला आज खोलेको छ । पार्टी भित्र सदस्यता सम्बन्धी विवाद सहमतिमा टुंगिएपछि ताला खुलेको हो ।
आइतबार साँझ ५ बजे पत्रकार सम्मेलन गरेर काँग्रेसले सबै कुरामा सहमति भएको जनाएको छ । सहमति भएपछि कार्यालयमा लगाएको ताला खोलेर पत्रकार सम्मेलन गरेको थियो ।
आज जिल्ला तहका सबै नेताहरू केन्द्रले दिएको निर्वाचन तालिका अनुसार नै अधिवेशन सम्पन्न गर्ने साझा सहमति गरेका छन् ।
जिल्ला सभापति मधु आचार्य, पूर्व जिल्ला सभापति शिव हुमागाईं, जिल्ला समितिका पदाधिकारी, क्षेत्रीय सभापति सहितको छलफलले अधिवेशन तालिका हेरफेर नगर्ने सहमति गरेका हुन् ।
काभ्रेमा असोज ५ गते वडा अधिवेशन हुँदैछ भने ९ गते पालिका अधिवेशन हुँदैछ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















