काभ्रे जिल्लाको तेमाल गाउँपालिका वडा नं. ५ सानो गिम्दीका महिलाहरुलाई ‘इलेक्ट्रिक प्रेसर कुकर’ वितरण गरिएको छ । आइआरएडीको सहयोग, नारी चेतना केन्द्र नेपालको आयोजना र सवल नारी चेचना कृषि सहकारी संस्था लि.को समन्वयमा आइबार परिक्षणको लागि ‘इलेक्ट्रिक प्रेसर कुकर’ वितरण गरेका हुन् ।
कार्यक्रममा नेपालको परिवेशमा इलेक्ट्रिक प्रेसर कुकरको महत्वबारे आइआरएडीको क्षेत्र संयोजक आषुतोस शर्माले प्रकाश पारेका थिए । त्यसैगरी नारी चेतना केन्द्र नेपालको अध्यक्ष सृर्जना पौडेल र सचिव शान्ति लामाले उक्त प्रेसर कुकर कसरी प्रयोग गर्ने भन्ने विषयमा सहभागीहरुलाई सहजिकरण गरेका थिए । सो कार्यक्रममा विभिन्न परिकारहरु पकाएर प्रयोगात्मक परिक्षण गरिएको थियो ।
नारी चेतना केन्द्र नेपालका सचिव लामाका अनुसार अन्य स्थानमा गरेको परिक्षणले यसको प्रयोगबाट स्वास्थ्य र आर्थिक हिसाबले उपयुक्त देखिएको बताए ।
‘ग्याँस भन्दा स्वास्थ्य र आर्थिक हिसाबले पनि उपयुक्त देखिन्छ । अन्य ठाउँमा गरेको परिक्षणले पनि यहीं कुराको पुष्टि गरेको छ ।’ लामाले भने, ‘यसको प्रयोगबाट परम्परा, सँस्कृति र सामाजिक रुपमा यसले के कस्तो असर पार्दो रहेछ भन्ने कुरा पनि परिक्षण गरेका हौं ।’
सबल नारी चेतना कृषि सहकारी संस्था लि.का अध्यक्ष सिता तामाङको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
सो कार्यक्रममा इलेक्ट्रिक प्रेस कुकर वितरणको लागि आइआरएडिको सहायक अनुसन्धानकर्ता सोम्या भैबको समेत सहभागीता रहेको थियो ।
मुलुकमा विद्युत खपत कसरी गर्ने भन्ने बहस चलिरहेको बेला ‘इलेक्ट्रिक प्रेसर कुकर’ प्रयोगले विद्युत खपतमा केही सहयोग पुग्ने देखिन्छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।