नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असाेज ७ गते काभ्रेको पाँचखालमा आउने भएको छ । आफ्नो पार्टीको सहायक संगठन योङ कम्युनिष्ट लिग नेपाल, पाँचखाल नगरको दोस्रो सम्मेलनलाई सम्बोधन गर्न अध्यक्ष प्रचण्ड पाँचखालमा आउने भएको हो ।

‘उत्पादन, स्वरोजगार, आत्मनिर्भरताका लागि समाजवादको बाटोमा अघि बढौं, सुदृढ संगठन र परिवर्तनलाई संस्थागत गर्न वाइसिएल नेपालको दोस्रो नगर सम्मेलन सफल पारौं ।’ भन्ने मूल नाराका साथ सम्मेलन हुँदै छ ।
७ गते विहान ११ बजे शुरु हुने उक्त कार्यक्रम पाँचखाल नगरपालिकाको जय श्रीकृष्ण पार्टी प्यालेसमा हुने आयोजकले जनाएको छ । अध्यक्ष प्रचण्ड भने १२ बजे कार्यक्रममा आइपुग्ने कार्यक्रम रहेको माओवादी केन्द्रका जिल्ला अध्यक्ष रुकु चौंलागाईंले जानकारी दिए ।
प्रचण्डको स्वागतमा युवाहरुले बाइक जुलुस र मार्चपास समेत गर्ने जनाएको छ ।
यस अघि यस समाचारमा असोज ७ गते हुनुपर्नेमा अन्यथा हुन गएकोले सच्याएको छ । –सम्पादक
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















