जिल्ला प्रशासन कार्यालय, काभ्रेले आफ्नो सेवा प्रवाहमा पालिका अनुसारको पालो प्रणालीलाई हटाइएको छ । कार्यालयले सोमबार एक सूचना प्रकाशित गरेर उक्त प्रणाली हटाएको जनाएको छ ।

सूचनामा भनिएको छ, ‘उपरोक्त सम्बन्धमा विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि जारी गरिएको निषेध आदेशको मापदण्डहरु पालना गर्ने क्रममा यस कार्यालयबाट दैनिक रुपमा प्रदान गरिने सेवा पालिका अनुसार पालो तोकिएकोमा हाल कार्यालयमा सेवाग्राहीहरुको भिड कम भएको र जिल्लामा कोभिड–१९ संक्रमणको दर समेत घटिरहेको सन्दर्भलाई दृष्टिगत गर्दै यस कार्यालयबाट दैनिक रुपमा प्रदान गरिने सेवा मिति २०७८ साल आश्विन १० गते आइतबारबाट लागु हुने गरी सबै पालिकाहरुका नागरिकलाई दैनिक रुपमा सेवा प्रवाह हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।’

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।