सत्तारुढ दल नेपाली काँग्रेस तेमाल गाउँपालिका अन्तर्गत आज भएको अधिवेशनबाट ८ वटा वडामा सर्वसम्मत भएको छ । एक वटा वडामा भने आकांक्षीहरु बीच छलफल जारी रहेकोले टुंगीन सकेको छैन ।
सर्वसम्मत भएका वडाहरुमा वडा नं. १ देखि ८ रहेको छ । ९ नं. वडामा कडा रुपमा सभापतिको दावी आएकोले छलफल जारी रहेको काँग्रेस स्रोतले जनाएको छ । सो वडामा नेत्र दोङ, नवराज दोङ, मिनकुमार दोङ, धनबहादुर दोङ, विलबहादुर तामाङ लगायतका ९ जना युवाहरुले वडा सभापतिको दावी गरिरहेको छ ।
यो समाचार तयार पार्दासम्म छलफल जारी नै रहेको र सभापतिमा को हुने भन्ने कुराको टुंगो लागेको छैन ।
को–को भए वडा सभापति ?
सर्वसम्मत निर्वाचित भएका वडा सभापतिहरु नाम सार्वजनिक भएको छ । काँग्रेस जिल्ला सदस्य संजीव लामाका अनुसार वडा नं. १ मा कुलदास तामाङ, वडा नं. २ मा बहादुर तामाङ, वडा नं. ३ मा विष्णुबहादुर तामाङ, वडा नं. ४ मा जीतपुर तामाङ, वडा नं. ५ मा अर्जुन तामाङ, वडा नं. ६ मा विकुलाल तामाङ, वडा नं. ७ मा इन्द्रमान तामाङ (पूर्ण), वडा नं. ८ मा कृष्णबहादुर घिसिङ निर्वाचित भएका छन् ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















