काठमाडौँ स्थित बौद्धमा रहेको प्राचीन अनुवाद एकमातृ गुरु संघ, नेपालको अध्यक्षमा राजनकुरमा तामाङ निर्विरोध निर्वाचित भएका छन् । सोमबार आफ्नै कार्यलयमा सम्पन्न चौथो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनबाट तामाङ अध्यक्षमा निर्वाचित भएका हुन् ।

अधिवेशनले उनको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ । निर्वाचित अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा खेल बहादुर लामा, महासचिवमा रोज बहादुर तामाङ, सचिवमा देवेन्द्र कुमार लामा, कोषाध्यक्षमा प्रमिला घिसिङ निर्वाचित भएका छन् । समितिको सदस्यहरमा बसुन्धार तामाङ, लमिन तमाङ, पार्वती तामाङ, साङ्मो तामाङ, बंगालाल लामा, बुद्धि माया घिसिङ, टासी ल्हामो तामाङ, निमा डोल्मा लामा निर्वाचित भएका छन् ।

कार्यक्रममा प्रमुख अतिथि धर्म गुरु डोल्पो टुल्कु ओग्यन छ्योइङ येसे रिन्पोक्ष र विशिष्ठ अतिथिमा संस्थाका प्रमुख लामा ङाक्पा पेमा राङ्डोल रहेका थिए ।

कार्यक्रम संस्थाका महासचिव रोज बहादुर तामाङले संचलान गरेका थिए भने सभाध्यक्षका रुपमा संसका अध्यक्ष राजन कुमार तामाङले गरेका थिए ।

साधारण सभा तथा अधिवेशनमा संस्थालाई विभिन्न मध्यमबाट सहयोग गर्नेलाई सम्मान गरेको थियो । उनीहरुलाई प्रमुख अतिथि रिन्पोछेबाट सम्मान पत्र प्रदान गरेका थिए ।

कार्यक्रममा अतिथिहरु संस्थाका संरक्षक टसी कुमार लामा, बौद्धनाथ क्षेत्र विकास समितीका कार्यकारी निर्देशक बसन्त लो तामाङ, श्री बौद्ध तामाङ कल्याण गूठीका अध्यक्ष खड्गजित लामा, बौद्ध दर्शन विस्तार केन्द्रका अध्यक्ष लोपेन राजेश कामचार्य, हिमालाय मैत्री फान्डेनका अध्यक्ष आचार्य थुप्तेन घिसिङ, भुतपुर्व नेपाल प्रहरीका वरिष्ठ उपाध्यक्ष एवं कानुनविद चुडादेव सिंह घिसिङ, व्यवासायि एवं संस्थाका प्रमुख सल्लाहकार बिनोद योन्जन, समाजसेवी एवं लामा सल्लाहकार कृष्ण कुमार थोकर, पत्रकार एवं संस्थाका आजिवन सदस्य श्री हरी क्षेष्ठ, धर्मगुरु सोनाम रुम्बा लगायत उपस्थित थिए । अतिथिहरुले संस्था उज्वल भविष्यको कामना गरी शुभकामना मन्तव्य राखेका थिए ।

बन्द सत्रमा संस्थाका वार्षिक प्रतिवेदन कार्यसमिति सदस्य देवेन्द्र कुमार लामाले प्रस्तुत गरेका थिए । प्रतिवेदनमा धर्मिक पुस्ताक छपाइ गरी निःशुल्क वितारण देखि सम्भोटा लिपि र च्योद् प्रशिक्षण तथा रहत वितरण सम्मका कार्यक्रहरु प्रस्तुत गरेका थिए ।

यसै गरी, संस्थाका कोषाध्यक्ष जित लाल तामाङले वार्षिक आयव्यय प्रस्तुत गरेका थिए । विभिन्न शीर्षकमा आम्दानीबाट करिब २१ लाख र खर्च तर्फ १९ लाख भएको र २ लाख संस्थामा मौज्दातसमेत रहेको प्रतिवेदनमा उल्लेख छ ।

अध्यक्ष राजन कुमार तामाङले अगामी वर्षको कार्य योजना समेत प्रस्तुत गरेका थिए । नयाँ कार्य समितिको कार्यकाल २ वर्षको रहने छ ।

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला