नेपाली काँग्रेसको १४ औं महाधिवेशनको लागि भएको वडा अधिवेशन कहिं सर्वसम्मत भएको छ भने कहिं निर्वाचन नै भएको छ । काभ्रे जिल्लाको तेमाल गाउँपालिकामा रहेको ९ वटा वडाहरु मध्य ८ वटा वडाहरुमा सर्वसम्मत नेतृत्व चयन भएको छ भने एक वडामा भने निर्वाचन नै भएको छ ।

तेमाल गाउँपालिका वडा नं. ९ मा भने निर्वाचन प्रक्रियाबाट सभापति पदको निर्वाचन गरेको छ । सबै पदमा सर्वसम्मत भएपनि सभापतिमा भने सर्वसम्मत हुन नसकेपछि निर्वाचन प्रक्रियामा गएको हो ।

मंगलबार अवेसम्म सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयत्न भएपनि असफल भएपछि निर्वाचन प्रक्रियामा जानुपरेको निवर्तमान सभापति चन्द्रलाल दोङले जानकारी दिए । वडामा नेत्र दोङ, नवराज दोङ, मिनकुमार दोङ, धनबहादुर दोङ, विलबहादुर तामाङ लगायतका ९ जना युवाहरुले वडा सभापतिको दावी गरेका थिए ।

सो वडामा अन्तमा नवराज दोङ र विलबहादुर तामाङबीच प्रतिस्पर्धा भएको थियो । निर्वाचनबाट विलबहादुर तामाङ सभापतिमा निर्वाचित भएका छन् भने नवराज दोङ पराजीत भएका छन् । कुल मतदाता संख्या ११४ रहेकोमा कुल खसेको मतसंख्या ८४ थियो । निर्वाचित सभापति तामाङले ६३ मत प्राप्त गरेको थियो भने पराजीत भएका दोङले जम्मा २१ मत प्राप्त गरेको निवर्तमान सभापति दोङले बताए ।

लोकतन्त्रमा सर्वसम्मत र निर्वाचन दुवै प्रक्रिया अप्नाउन सक्ने भएको बताउँदै निवर्तमान सभापति दोङले जुनसुकै प्रक्रियाबाट नेतृत्व छानेपनि नेपाली काँग्रेसकै नेता कार्यकर्ता छानेको बताए । ‘दावी गर्ने सबै साथीहरु योग्य, सक्षम र पार्टीको वफादार कार्यकर्ताहरु नै हुनुहुन्थ्यो, विधि, प्रक्रियाले एकजना मात्र छान्नुपर्ने बाध्यता हाम्रो छ ।’ उनले भने, ‘लोकतन्त्रमा सर्वसम्मत र निर्वाचन दुवै प्रक्रियाबाट नेतृत्व छान्छ । जो भएपनि पार्टीकै कार्यकर्ता नेता भएका हुन् ।’

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।