नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले अध्यक्ष केपी ओली राष्ट्रिय आत्मसमर्पणवादी भएको बताएका छन् । योङ कम्युनिष्ट लिग, नेपाल काभ्रेको पाँचखाल नगर सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले उक्त कुरा बताएका हुन् ।

आफूले ओलीलाई नजिकबाट देखेको दावी गर्दै प्रचण्डले ओलीले विदेशी प्रतिक्रियावादीहरुसँग झुकेको ठोकुवा गरे । ‘केपी ओली राष्ट्रिय आत्मसमर्पणवादी हुन् । मैले उनलाई नजिकबाट देखेको छु ।’ उनले भने, ‘केपी ओली विदेशी प्रतिक्रियावादीहरुसँग झुके । विदेशीसँग मिलेर संविधान, व्यवस्थालाई नै सिध्याउने कोशिस गरे ।’

ओली हरुवा र भगुवा

कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले गाउँ गाउँमा गएर केपी ओली हारुवा र भगुवा हो भनेर जनतालाई सुनाउन कार्यकर्तालाई निर्देशन दिए । आफूहरुले बलियो कम्युनिष्ट पार्टीको महासुस गरेर पार्टी एकता गरेपनि केपी ओली बाधक बनेको बताउँदै पार्टी फुटेको नभई ओली प्रबृत्ति माथि बिजय भएको बताए । ‘हामीले बलियो कम्युनिस्ट पार्टीको महासुस गरेर पार्टी एकता भो । तर पार्टी एकता ओलीले चाहकै रहेनछ ।’ उनले भने, ‘केपि प्रवृत्ति माथि बिजय गरेको हो पार्टी फुटेको होइन । केपिलाई ७० प्रतिशातले पार्टीबाट निकालेको हो ।’

हिन्दु अतिवादी हुन् ओली

कार्यक्रममा अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष ओली कम्युनिष्ट नभइ अति हिन्दुवादी रहेको आरोप समेत लगाए । ‘ओलि महान नेता हुने अबसर थियो । नेपाली कम्युनिष्ट आन्दोलनलाई हाँक्ने अवसर उनलाई थियो ।’ उनले भने, ‘गोबर रहेछ ओलिको दिमागमा । बिदेशीको अघि आत्मसमर्पण गरेको कुरा उदांगियो । कम्युनिस्ट होइन हिन्दु अतिवादी हुन् ।’

Comments

comments