नेकपा (माओवादी केन्द्र) निकट योङ कम्युनिष्ट लिग, नेपाल पाँचखाल दोस्रो नगर सम्मेलन सम्पन्न भएको छ । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा विहीबार भव्यताका साथ सम्पन्न भएको हो ।

सम्मेलनले उग्रराज तामाङको अध्यक्षता ४१ सदस्यीय नगर समिति निर्वाचित गरेको छ । निर्वाचित भएका उपाध्यक्षहरुमा सूर्य तामाङ, मदन विक, अरुणा सेवा, सचिवमा विक्रम विक, सह–सचिवमा कृष्ण पराजुली, लक्ष्मी मिजार, जनार्दन आचार्य र कोषाध्यक्षमा रामकुमार विक रहेका छन् । त्यसैगरी सदस्यहरुमा असिम तामाङ, छेवाङ तामाङ, सूर्य तामाङ, निरन्जन विसुन्खे, भरत शिवभक्ति, दिपेन्द्र सापकोटा, पुरुषोत्तम कोइराला, शुष्मिता शिवभक्ति, सुमनबहादुर तामाङ, बालकृष्ण मिजार, श्रेयन दनुवार, मुकुन्द ढकाल, रामलाल श्रेष्ठ, प्रदीप सापकोटा, राजकुमार श्रेष्ठ, नारायण सापकोटा, सौरभ श्रेष्ठ, सुनिल दनुवार, नवराज गौतम, मिलन भुजेल, सुजन श्रेष्ठ, रमिता दर्नाल, रामकुमार मिजार, राजेन्द्र केसी, श्याममणि सापकोटा, कपिल अधिकारी, सरोज बञ्जारा, प्रविण सुनुवार, उज्ज्वल सेढाईं, सुदिप शिवभक्ति, विनोद दनुवार, प्रताप लामा, कमल विक, विजय थपलिया निर्वाचित भएका छन् ।

सम्मेलनको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले गरेका थिए । विभिन्न वडाबाट उल्लेख्य युवाहरुको सहभागीता रहेका थिए । कार्यक्रममा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य जोगबहादुर महरा, पूरानो वामपन्थी नेता तथा पूर्व श्रम राज्यमन्त्री गोविन्दनाथ उप्रेती, जिल्ला इन्चार्ज सूर्यमान दोङ लालध्वज, सह–इन्चार्ज दिननाथ गौतम, जिल्ला संयोजक रुकु चौंलागाईं, प्रदेश कमिटी सचिवालय सदस्य तेजबहादुर मिजार, प्रदेश कमिटी सदस्य तथा प्रदेश सांसद रत्न ढकाल लगायतका सहभागी रहेका थिए ।

कार्यक्रमको अध्यक्षता युवाको नगर संयोजक उग्रराज तामाङले गरेका थिए भने स्वागत पार्टीको नगर संयोजक रामगोपाल भुजेल र सञ्चालन पार्टी जिल्ला सदस्य मणिराज गौतमले गरेका थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।