नेकपा एकीकृत समाजवादी काभ्रेको सचिवालय समितिको बैठक विहीबार सम्पन्न भएको छ । पार्टी अध्यक्ष टोकबहादुर वाइबाको अध्यक्षतामा बसेको बैठकले ४ महत्वपूर्ण निर्णय गरेको पार्टी सचिव दिपक गौतमले जानकारी दिएका छन् ।
यस्तो छ ४ निर्णयहरु
१. पार्टीको जिल्ला कार्यालय नेपाल रेडक्रस भवनसँगै बनेपाका समाजसेवी नेपाल सुधार भैलको घरमा मासिक रु. ३० हजार भाडा तिर्ने गरि कार्यालय स्थापना गर्ने निर्णय गरियो ।
२. पार्टी संचालन स्रोत र घर भाडा तिर्न श्रम गरेर भए पनि दक्षिणपन्थी भासमा पतन भएको पार्टीलाई बिद्रोह गरि गठन गरिएको नेकपा (एकीकृत समाजवादी) गठन गरि कम्युनिष्ट आन्दोलन बचाउन सबै सचिवालयका सदस्य क. हरुले मासिक रु. ५०० र जि.क.स. क. हरुले रु ३०० पार्टीलाई बुझाउने र वार्षिक पार्टी सदस्य शुल्क रु. १२० लिने गरि पार्टी सदस्यता वितरण र नवीकरण गर्ने ।
३. पार्टी कार्यालय सचिवमा क. हरि गोपाल प्रधानाङ्गलाई चयन गरियो ।
४. आस्विन १६ गते काभ्रे–काठमाडौ सम्पर्क मञ्च गठन गर्ने र आस्विन २३ गते पार्टी कार्यालय उद्घाटन गर्ने निर्णय गरियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















