नेपाली काँग्रेस काभ्रेका सभापति मधु आचार्यले पालिका अधिवेशन स्थगित भएको सूचना जारी गरेपछि जिल्ला सचिव दिनेश लामाले कडा प्रतिक्रिया दिएका छन् । निर्वाचिन अधिकृत राजेन्द्र लामिछाने बेपत्ता भएका र मतदाता नामावली प्रकाशन नगरेको भन्द्र सभापति आचार्यले अधिवेशन स्थगित गरेको घोषणा गरेपछि उनले प्रतिक्रिया दिएका हुन् ।

सचिव लामाले निर्वाचन अधिकृत बेपत्ता नभएको र आफ्नो काम गरिरहेको बताएका छन् । साथै हार मानसिकता बोकेकाहरुले यस्तो हल्ला फैलाएको उनले बताएका छन् । ‘आफूहरु हार्ने भएपछि यस्तो कुरा गरेका हुन् । निर्वाचन अधिकृतले आफ्नो काम गरिरहेका छन् ।’ लामाले भने, ‘सबैको सम्पर्कमा निर्वाचन अधिकृत हुन्छ र ? उहाँ तयारीमा हुनुहुन्छ । भोलि नै हुन्छ अधिवेशन ।’

Comments

comments