माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिष्ट लिग नेपाल, रोशी गाउँ कमिटीको सम्मेलन सम्पन्न भएको छ । शनिबार सम्पन्न तेस्रो गाउँ सम्मेलनले मिलन लामाको अध्इक्षतामा ३७ सदस्यीय गाउँ कमिटी निर्माण गरेको छ ।
सम्मेलनले उपाध्यक्षमा रमेश मगर, मदनमणि विक, सचिवमा मेकराज लामा, सह–सचिवमा बज्रसिं लामा, मिलन रंगली, राजन वल, सुसन्त लामा, कोषाध्यक्षमा भागवती सेन्चुरी निर्वाचित भएका छन् ।
सदस्यहरुमा देवराज वाइबा, मिरण लामा, राजन लामा, मनोज तामाङ, चन्द्र लामा, सुरथ मोक्तान, सन्देश तामाङ, विकास लामा, देवकुमार तामाङ, ध्रुव राना, दिपक स्याङतान, मोहन विक, सुमन लामा, दिपेन्द्र सिंजली, रनिल लामा, मनोज लामा, सुजन शाही, अमिर लामा, जगतमान तामाङ, सरोज लामा, सागर लामा, सविना लामा, जीवन थापा, ङेमा लामा, ठाकुर लो, भिमबहादुर तामाङ, हिरालाल लामा, मिमबहादुर लामा निर्वाचित भएका छन् ।
सम्मेलन नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देबेन्द्र पौडेलले एक कार्यक्रमका बीच उद्घाटन गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अथिति पौडेलले माओवादी आन्दोलनमा जोडिदै आएका युवाहरु समृद्ध तर्फ जोड्दिदै जानु पर्ने बताउँदै युवाको काँधमा राष्ट्र निर्माणको जिम्मेवारी आएको बताए ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका बागमती प्रदेश सदस्य मिम बहादुर वाईवा ज्वालाले समेत सम्बोधन गरेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।