नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लब) काभ्रेको बनेपामा आउने भएको छ । शनिवार (असोज १६ गते) अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघको बनेपामा हुन गाइरहेको सातौं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न महासचिव विप्लब बनेपा आउन लागेको हो ।

नेकपा काभ्रेका नेता राजेन्द्र तामाङका अनुसार सो सम्मेलन १६ गते उद्घाटन हुने छ भने १७ गते बन्द सत्र र १८ गते घोषणा सभा हुने छ ।

शनिवार १२ बजे मजदुरहरुको जुलुसले बनेपा नगर परिक्रमा गर्ने कार्यक्रम रहेको छ भने दिउँसो १ बजे महासचिव विप्लबले सम्बबोधन गर्ने नेता तामाङले जानकारी दिए ।

कार्यक्रम बनेपाको लायकु चोकमा हुने उनले बताए । विप्लब बनेपामा आउने भएपछि कार्यक्रम व्यवस्थापनको तयारीमा पूरै पार्टी लागेको बताइएको छ ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।