काभ्रे जिल्लाको मुख्य बजार बनेपामा बजार अनुगमन थालिएको छ । चाडपर्व लक्षित गर्दै जिल्ला बजार अनुगमन समितिले आज विहीबार बनेपा बजारमा अनुगमन गरेको हो ।
बजार अनुगमन समितिको संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समितिले बनेपा नगरपालिका वडा नं. ८ स्थित शाही टोलमा अुनमनग गरेको छ । अनुमगनको राँगा भन्दै भैंसीको मासु बिक्री गर्ने गरेको पाइएको छ ।
अव्यवस्थित तरिकाले पशुवध गर्ने गरेको भेटिएकाले सुधारको लागि अल्टिमेटम दिएको अनुगमन समितिको संयोजक समेत रहेका सहायक प्रमुख जिल्ला सुनुवारले जानकारी दिए । ‘भैंसी र राँगा अव्यवस्थित रुपमा वध गरेर एउटै मूल्यमा बिक्री गर्ने गरेको भेटियो,’ सुनुवारले भने, ‘वधस्थल पनि निकै अव्यवस्थित रहेको पाइयो, सरसफाइमा ध्यान दिन र कानूनी प्रक्रिया पूरा गर्न अल्टिमेटम दिएर छलफलका लागि बोलाएका छौं ।’
यसैबीच अनुगमन टोलीले बनेपा स्थित ईजी सप नामक डिपार्टमेन्टल स्टोरमा तोकिएको भन्दा २५ प्रति बढी मूल्य असुल्ने गरेको पाइएको छ । ७५ रुपैयाँ पर्ने बिस्कुटलाई १ सय रुपैयाँ लिइरहेको पाइएकोले सो पलललाई ५ हजार जरिवाना तोकेको छ । सो डिपार्टमेन्टल स्टोरमा लेबल नभएका, म्याद सकिन २ दिनमात्रै समय रहेका सामाग्री समेत फेला परेको अनुगमन टोलीका सदस्य रहेका घरेलु तथा साना उद्योग कार्यालय काभ्रेका प्रमुख केशवप्रसाद पुडासैनीले बताए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















