जिल्ला ट्राफिक कार्यालय, काभ्रेले अत्याधुनिक ‘लाइडर गन’ मार्फत कारवाही शुरु गरेको छ । विहीवारबाट ‘लाइडर गन’ मार्फत कारवाही शुरु गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय, काभ्रेका प्रमुख इन्स्पेक्टर प्रमिला श्रेष्ठले जानकारी दिए ।
तीव्र गतिका कारण हुन सक्ने सवारी दुर्घटनालाई न्यूनिकरण गर्ने उद्धेश्यले जिल्लाका दुर्घटना जोखिमयुक्त स्थानहरुमा अत्याधुनिक लाईडर गन चेकजाँच शुरु गरेको इन्स्पेक्टर श्रेष्ठले बतबाए । श्रेष्ठका अनुसार जिल्लाको सांगा, धुलिखेल, पाँचखलमा ट्राफिक चेकजाँच गरेको थियो ।
सो क्रममा तीब्र गतीमा सवारी चलाउने १७ जना विभिन्न सवारी साधनका चालकहरुलाई कारवाही गरिएको जनाएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















