जिल्ला ट्राफिक कार्यालय, काभ्रेले जिल्लाको विभिन्न स्थानहरुमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । नजिकिदै गरेको हिन्दुहरुको महान चाड बडादशै, दिपावली तथा छठ पर्वलाई मध्यनजर गर्दै यात्रु सहायता कक्ष स्थापना गरेको जिल्ला ट्राफिक कार्यालय, काभ्रेका प्रमुख इन्स्पेक्टर प्रमिला श्रेष्ठले जानकारी दिए ।

इन्स्पेक्टर श्रेष्ठका अनुसार जिल्लाको बनेपा, पनौती, साँगा, पाँचखाल, काभ्रेभञ्ज्याङ, दोलालघाट तथा मंगलटारमा यात्रु सहायता कक्ष स्थापना गरीएको छ ।
यात्रुहरुलाई कुनै पनि प्रकारको समस्या परेमा नजिकको यात्रु सहायता कक्षमा सम्पर्क गर्नका लागि श्रेष्ठले यात्रुहरुलाई अनुरोध समेत गरेका छन् ।

‘यात्रुहरुलाई केही असुबिधा भएमा, सवारी साधनबाट बढी भाडा उठाएमा तथा कुनै किसिमको दुव्र्यवहार भएमा नजिकको यात्रु सहायता कक्षमा वा १००, १०३ र ९८५११२३८०४ मा सम्पर्क गर्नु हुन म अनुरोध गर्दछु ।’ इन्पेक्टर श्रेष्ठले भने ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।





















