नेकपा (एकीकृत समाजवादी) काभ्रेले संगठन विस्तारलाई तिब्रता दिएको छ । एमालेबाट अलगीएपछि पार्टीले काभ्रेमा धमाधम पार्टी संगठन विस्तारलाई तिब्रता दिदै आएको छ ।

यसैक्रममा जिल्लाको मण्डनदेउपुर नगरपालिका वडा नम्बर ७ मा विस्तारीत बैठक सम्पन्न भएको छ । बैठकले पार्टी कमिटी, विभिन्न जनवर्गीय संगठनहरु निर्माण गरेको छ ।

बैठकले पार्टीको वडा कमिटीको अध्यक्षमा बलराम सापकोटा, उपाध्यक्षमा मिना श्रेष्ठ र राज कुमार श्रेष्ठ, सचिबमा उद्धव गौतम र उपसचिबमा उमेश लम्साललाई चयन गरेको छ । वडा कमिटीको सदस्यहरूमा मञ्जु राई, राजन परियार, गोकुल लम्साल, सानुकाजी श्रेष्ठ, राम बहादुर श्रेष्ठ, ज्ञान बहादुर पराजुली, जुना ढकाल, रामशरण लम्साल, सुर्दशन लम्साल, राम प्रसाद लम्साल, राजन लम्साल ढाल बहादुर भण्डारी, सुजन भण्डारी लगायत ३१ सदस्यीय वडा कमिटी गठन गरिएको छ ।

त्यस्तै मञ्जु राई अध्यक्ष रहेको ३५ सदस्यीय अखिल नेपाल महिला संघ पनि गठन गरिएको छ । उपाध्यक्षमा इन्दिरा सापकोटा, सचिबमा देवकी पराजुली रहेका छन् ।

बैठकले राम कुमार श्रेष्ठको अध्यक्षतामा ५१ सदस्यीय युवा संघ नेपालको वडा कमिटी गठन गरिएको छ । त्यस्तै गोकुल लम्साल अध्यक्ष रहेको ५१ सदस्यीय अखिल नेपाल किसान संघ गठन गरिएको छ ।

त्यसैगरी सानु कान्छा श्रेष्ठ अध्यक्ष रहेको ३५ सदस्यीय अखिल नेपाल जनजाति महासंघ र राजन परियार अध्यक्ष रहेको १७ सदस्यीय नेपाल उत्पीडित जातिय मुक्ति समाजको वडा कमिटी गठन गरिएका छ ।

विस्तारीत बैठकमा प्रमुख अतिथि पार्टी केन्द्रीय प्रतिनिधि एवं संविधानसभा सदस्य बिदुर सापकोटा, विशेष अतिथिहरू जिल्ला पार्टी अध्यक्ष एवं बागमती प्रदेश कमिटी सदस्य टोक बहादुर वाईबा, प्रदेश सांसद लक्ष्मण लम्साल प्रदेश कमिटी सदस्य रामहरि नेपाल, मण्डनदेउपुर नगर ईन्चार्ज डिल्ली प्रसाद आचार्य, अध्यक्ष गोकुल गौतम लगायतको सहभागीता थिए ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।