काभ्रे जिल्लाको रोशी गाउँपालिकाल पालिकामा कार्यरत प्राविधिकलाई क्षमता अभिवृद्धि तालिम प्रदान गरेको छ । गाउँपालिका अध्यक्ष लामाले एक कार्यक्रमका बीच उद्घाटन गरेको उक्त तालिम आजबाट शुरु भएको हो ।
दुइदिनसम्म चल्ने उक्त तालिम भोली शनिबार समापन हुने आयोजकले जनाएको छ ।
तालिमको उद्घाटन गर्दै अध्यक्ष लामाले प्राविधिकहरुको कार्य क्षमतामा थप ऊर्जा प्रदान गरी आफ्नो जिम्मेवारी प्रभावकारी ढंगले सम्पन्न गर्नका निम्ति यो तालिम उपलब्धि मूलक रहनेमा विश्वास व्यक्त गरे ।
त्यसैगरी प्रमुख प्रशासकिय अधिकृत परशुराम थापाले गुणस्तरीय ढंगले कार्य सम्पादन गर्न, योजना निर्माणका लागत, अनुमान तथा कार्यक्रमलाई समय सापेक्ष ढंगले सम्पादन गर्न तालिम मार्फत कार्य क्षमतामा निखारता आउने धारणा बताए ।
उद्घाटन कार्यक्रममा प्रशासन शाखा प्रमुख धनवीर लामा, योजना प्रमुख राम लामा लगायतका सहभागी थियो ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















