काभ्रे प्रहरीले तास खेलिरहेको अवस्थामा ११ जनालाई नियन्त्रणमा लिएको छ । धुलिखेल नगरपालिका ९ रानाछापस्थित होटलमा तास खेलिरहेका ११ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१२ बस्ने ४१ वर्षीय कुमार गिरी लगायत रहेका छन् ।
अस्थायी प्रहरी पोष्ट काभ्रे भन्ज्याङ र जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नगद ९५ हजार रुपैयाँ र ३ बुक ताससहित शुक्रबार राती पक्राउ गरेको हो ।
आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला