माओवादी केन्द्र निकट पत्रकारहरुको संगठन प्रेस संगठन, नेपालको केन्द्रिय समितिको बैठक सम्पन्न भएको छ । संगठनको बैठक पार्टी केन्द्रिय कार्यायल पेरिस डाँडामा सम्पन्न भएको हो ।
संगठनको बैठकले संगठनको नाम, अन्तरिम विधान, जिल्लादेखि केन्द्रसम्मको सम्मेलनको बारेमा ठोस निर्णय गरेको छ । बैठकले पार्टीले तय गरेको कार्यदिशा एक्काइसौं शताब्दीको वैज्ञानिक समाजवाद प्राप्तिको लागि एक ढिक्का भएर प्रचार मोर्चालाई व्यवस्थित बनाउने निर्णय भएको छ ।
तत्कालीन एमाले र माओावादी केन्द्र एकता भएपछि प्रेस चौतारी र प्रेस सेन्टर नेपाल मिलेर प्रेस संगठन बनेको थियो । पार्टी विभाजन भएपछि एमालेनिकट पत्रकार संगठनको नाम प्रेस चौतारी भए पनि माओवादी पत्रकारहरुको संगठनको नाम प्रेस संगठन नै रहेको थियो । बैठकले अब प्रेस संगठन नै प्रेस सेन्टरमा रुपान्तरण गर्ने निर्णय गरेको छ ।
त्यसैगरी बैठकले सेन्टरको अन्तरिम विधान पारित गर्दै आगामी कार्तिक महिनाको अन्तिम सम्ममा केन्द्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ । सो भन्दा अघि असोज मसान्तसम्ममा सदस्यता वितरण तथा नवीकरण, कार्तिक ८ गतेसम्म जिल्ला समन्वय समितिको अधिवेशन र कार्तिक १८ गतेसम्म प्रदेश अधिवेशन सम्पन्न गर्ने गरी मिति समेत तोकेको छ ।
यो निर्णयसँगै केन्द्रीय समिति महाधिवेशन आयोजक समिति तथा सबै समिति सम्मेलन आयोजक समितिमा परिणत भएको संयोजक महेश्वर दाहालले जानकारी दिए ।
संगठनका केद्रिय अध्यक्ष महेश्वर दाहालको अध्यक्षतामा बसेको उक्त बैठकमा पार्टीका स्थायी समिति सदस्य, प्रचार विभाग प्रमुख तथा प्रवक्ता कृष्णबहादुर महराले सम्बोधन गरेका थिए ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।