काभ्रे जिल्लाको भुम्लु गाउँपालिका वडा नं–७ फलाटे (सिमखेत)मा टिफर दुर्घट्ना भएको छ । गए राति १ः४० बजे चौंरीदेउराली गाउँपालिका वडा नं. ६, कात्तिके देउरालीबाट दोलालघाट तर्फ आउँदै गरेका बा ५ ख ५२०४ नम्बरको टिफर दुर्घट्ना भएको हो ।
प्रहरीका अनुसार सडकबाट अन्दाजी ३५ मिटर तल खेतममा झरेको छ । सो टिफर दुर्घटनामा परि टिफरका सह–चालक अन्दाजी वर्ष ४५ को शंकर माझी गाडी भित्रै च्यापिएको अवस्थामा रेहेको प्रहरीले जनाएको छ ।
फलाँटे प्रहरी चौंकी इन्चार्ज विरेन्द्र यादवका अनुसार भुम्लु–८ निवासी चालक घनश्याम माझी भने सामान्य घाइते मात्र भएको जनाएको छ । दुर्घटना भए पछि सम्पर्क बिहिन भए पनि हाल उनी उपचारको लागि धुलिखेल आउँदै गरेको थाहा भएको छ ।
दुर्घट्ना भएको टिफरमा च्यापिरहेको सह–चालक र टिफरको उद्धारको लागि व्यवस्था मिलाइरहेको प्रहरीले बताइएको छ ।
समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।



















