काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिकाका नगर प्रमुख टोकबहादुर वाइबाले नगर भित्र सञ्चालनमा रहेको ठूला योजनाहरुको अनुगमन थालेका छन् । सो क्रममा नगरप्रमुख वाईबाले नगरपालिकाको निर्माणाधिन प्रशासनिक भवनको स्थलगत अनुगमन गरेका छन् ।

स्थलगत अनुगमन गर्न नगरप्रमुख वाईबाको नेतृत्वमा एक टोली नै सो स्थानमा पुगेका छन् । सो टोलीमा वडा नम्बर ६ का वडाध्यक्ष एवं नगरपालिकाका प्रवक्ता डिल्ली प्रसाद आचार्य, प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपाने, योजना अधिकृत र प्राविधिकहरु रहेका छन् ।

अनुमगनको क्रममा वाइबाले निर्माण कम्पनी र मजदुरलाई भेटेर गुणस्तरीय र छिटो कार्य सम्पन्न नर्ग आग्रह गरेको छन् । उनले समयसिमा भित्रै निर्माण सम्पन्न गर्न समेत अनुरोध गरेका छन् ।

यसैबीच नगर प्रमुख वाइबाको टोलीले वडा नम्बर ६ को कालिकास्थान खानेपानीको स्थलगत अवलोकन पनि गरेको छ । बाढीले क्षति पुर्याएको मुहानको निरीक्षण गरिएको नगरप्रमुख वाईबाका स्वकीय सचिव गणेश पराजुलीले बताए ।

सो क्रममा नगरप्रमुख वाईबाले क्षतिग्रस्त खानेपानीको मर्मतका लागि बजेट ब्यवस्थापन गरिसकेको जानकारी उपभोक्तालाई गराउँदै जतिसक्दो छिटो खानेपानी सुचारु हुने बताए ।

नगरप्रमुख वाईबाले लम्साल थुम्कामा भलिबल ग्राउन्ड निर्माणका लागि स्थलगत निरीक्षण गरेर लागत इस्टिमेट तयार पार्न प्राविधिकलाई निर्देशन दिएका छन् ।

आफ्नो अमुल्य प्रतिकृय राख्नुहोला