नेकपा माओवादी केन्द्र रोशी गाउँपालिका वडा नंं ४ को वडा भेला मंगलबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ । भेलाले वकिल मगरको अध्यक्षतामा २९ जनाको वडा कमिटी गठन गरिएको छ ।
जसको उपाध्यक्षमा जगातलाल लामा, सचिबमा प्रेम लामा रहेको छ ।

सो भेलाले वाइसिएल, नेपालको वडा कमिटी समेत गठन गरेको छ । जसको संयोजकमा छिरिङ लामा, सचिब तेज बहादुर थापा मगर सहित २७ जना रहेका छन् ।

त्यसैगरी भेलाले अखिल नेपाल माहिला संघ क्रान्तिकारी वडा कमिटी निर्माला श्रेष्ठको अध्यक्षतामा ११ सदस्य, अखिल नेपाल किसान संघमा तिर्थमान लामाको सयोजक १५ सदस्य, मगर रास्ट्रिय मुक्ति मोर्चामा तेज बहादुर थापा मगरको सयोजकमा ९ सदस्य, बुद्धिमान लामा सयोजकमा तमाङ मुक्तिमोर्चा र निर्मल लामा (शंखालाला)को सयोजकत्वमा ७ जनाको सल्लहकार समिति गठन गरिएको छ ।

कार्यक्रममा प्रमुख अथिति पुर्व राज्य मन्त्री तथा काभ्रे जिल्ला इन्चार्ज सुर्य मान दोङ लाल्ध्वज, बागमती प्रदेश सदस्य मिम बहादुर वाइबा ज्वाला, जिल्ला सदस्यहरु अशोक गौतम, मानबिर लामाको उपस्थिति रहेको थियो ।

समाचार पढेपछि प्रतिक्रिया लेख्न नभुल्नुहाेला ।